राजनीति

हिमाल बचाउन अन्नपुर्ण जलवायु सम्मेलन तथा माछापुच्छ्रे सम्वाद

पोखरा, २२ वैशाखहिमाालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर प्रति छलफल गर्न सेभ आवर हिमालय फस्र्ट नेपालको पहलमा अन्नपृर्ण जलवायु सम्मेलन तथा माछापुच्छ्रे सम्वाद मंगलबारदेखि पोखरामा शुरु भएको छ । सम्मेलनमा स्थानीय, राष्टि«य तथा अन्तराष्ट्रियस्तरबाट सम्बन्धित विषयका बिभिन्न अनुसन्धानपत्र प्रस्तुतीकरण, टिप्पणी तथा सुझाव संकलन भइरहेको छ । सेभ आवर हिमालय फ्रस्र्ट नेपाल सहित गण्डक्री प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका , माछापुच्छ्रे गाउँपालिका र अन्नपुर्ण गाउँपालिकाले संयुक्तरुपमा उक्त कार्यक्रम आयोजना गरेको हो ।गण्डक्री प्रदेश क्षेत्र पर्यावरणीय र वातवरणीय हिसावले… पुरा पढौ

संसद्को अधिवेशन वैशाख २८ गतेदेखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले यही वैशाख २८ गते दिउँसो २ बजेका लागि संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए । यसअघि वैशाख १७ गतेबाट आह्वान गरिएको संसद बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको थियो । रासस पुरा पढौ

गण्डकी प्रदेश सभामा कांग्रेसले दियो, बराललाई प्रमुख सचेतकको जिम्मेवारी

गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसले प्रमुख सचेतकको जिम्मेवारी प्रकाश बराललाई दिएको छ । यसअघि सचेतक रहेका बराललाई पदोन्नति गर्दै प्रमुख सचेतकको जिम्मेवारी दिईएको हो । यसअघिका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेपछि यो पद रिक्त थियो । गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार बराललाई उक्त जिम्मेवारी दिएका हुन् ।बरालले प्रमुख सचेतकको जिम्मेबारी पाएसँगै अब उनले सम्हाल्दै आएको सचेतक पद रिक्त भएको छ ।केही दिनभित्रै सचेतकको पनि टुंगो लाग्ने नवनियुक्त प्रमुख सचेतक… पुरा पढौ

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्। मंगलबार राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यसअघि राष्ट्रपति पौडेलले पुनर्विचारका लागि पठाएका थिए। प्रधानमन्त्री बालेन्द्र शाहले पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नैपर्ने कारणसहितको लिखित धारणा पठाउँदै रोक्न नमिल्ने जिकिर गरेका थिए् । उच्च स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री बालेनले दुई पेजको लिखित टिप्पणी राष्ट्रपति पौडेलसमक्ष सोमबार नै पठाएका थिए। प्रधानमन्त्रीको लिखित टिप्पणीपछि राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेको स्रोतको दाबी छ । अध्यादेशमा ६ सदस्यीय संवैधानिक परिषद्मा ३… पुरा पढौ

ट्रेड युनियन खारेजीले अधिकार खोस्दैन, बरु पेसागत स्वतन्त्रता बलियो बनाउँछः प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालयमा दलको झण्डा तथा कर्मचारीतन्त्रमा दलको झोला निषेध गर्नाले विद्यार्थी तथा कर्मचारीहरुको अधिकार नखोस्ने बरु यसबाट पेसागत स्वतन्त्रता बलियो बन्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेको उल्लेख गर्दै यसरी झण्डा र झोला निषेध गर्नाले उनीहरुको अधिकार र पेसागत स्वतन्त्रता नै झन बलियो बन्ने बताएका हुन् । प्रधानमन्त्री शाहले लेखेका छन्, “धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आमजनताले वर्षौंदेखि एउटै… पुरा पढौ

पोखरा बसपार्कका सुकुम्बासीले शुरु गरे आन्दोलन

सन्देश श्रेष्ठपोखरा, बैशाख २१ पोखरा बसपार्कका सुकुम्बासी आन्दोलित भएका छन् । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गामा अनधिकृत रुपमा बनाइएका घर, टहरा हटाउन ३५ दिने सूचना जारी गरेपछि विरोधमा उत्रिएका पोखरा बसपार्कका सुकुम्बासीले सोमबार प्रदर्शन गरेका हुन् । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्राकुमारी शर्मा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई ज्ञापन पत्र बुझाउन निस्केका उनीहरुले महानगर घेराउ गर्नुका साथै महानगर र सरकारबिरुद्द नारासमेत लगाए । पोखरा–८ सहिदचोकमा भेला भएका उनीहरुले वैकल्पिक व्यवस्था नगरी सार्वजनिक जग्गामा रहेका सुकुम्बासीका घर, टहरा नभत्काउन आग्रह गर्दै… पुरा पढौ

सुकुम्वासीलाई आन्दोलनको सट्टा सहजीकरण समिति बनाउन पोखराका मेयर आचार्यको सुझाव

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सुकुम्वासी समस्या समाधानका लागि महानगरपालिका गम्भीर र जिम्मेवार बनेको बताएका छन् । पोखरामा रहेका सुकुम्वासीहरूले संघर्ष समिति गठन गरेर आन्दोलनको घोषणा गरेपछि मेयर आचार्यले व्यवस्थित बसोबासका लागि आन्दोलन र संघर्षका कार्यक्रम छोडेर सहयोग गर्न आग्रह गरे । उनले आन्दोलनको घोषणा गरेका उनीहरुलाई कसैको स्वार्थका लागि मानव ढालको रूपमा प्रयोग नहुन र अनावश्यक उत्तेजनामा नआउन आग्रह गरेका हुन् ।यहाँ रहेका सुकुम्वासीको समस्या समाधानका लागि जिम्मेवार ढंगले काम गरिरहेको भन्दै उनले संघर्ष समितिको सट्टा सहजीकरण समिति गठन… पुरा पढौ

पोखरा बसपार्कमा रहेको सुकुम्बासी बस्तीबारे अ.ने.ट्रे.यू महासंघ गण्डकी : वैकल्पिक व्यवस्था नगरी डोजर नचलाउ

सन्देश श्रेष्ठपोखरा, बैशाख १७ नेपाली कम्युनिष्ट पार्टी निकट अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशले पोखरा बसपार्कमा रहेको सुकुम्बासी बस्तीबारे पहिलो पटक औपचारिक रुपमा मुख खोलेको छ । महासंघ गण्डकीले १३७ औं अन्र्तराष्ट्रिय मजदुर दिवस (मई दिवस)को अवसरमा विहीबार पत्रकार सम्मेलन गरेर वैकल्पिक व्यवस्था नगरी पोखरा बसपार्कमा रहेको सुकुम्बासी बस्तीमा डोजर नचलाउन पोखरा महानगरपालिका र सरकारलाई आग्रह गरेको छ । पोखरा महानगरपालिकाले पोखरा बसपार्कमा रहेको सुकुम्बासीलाई घर, टहरा खाली गराउन ३५ दिने सूचना निकालेको छ । एक हप्ताअघि निकालेको सूचनामा… पुरा पढौ

अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकीको आरोप : बालेन सरकार गरिबी हटाउनु पर्नेमा गरीब हटाउँदैछ

सन्देश श्रेष्ठपोखरा, बैशाख १७ अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशले बालेन सरकार उल्टो बाटो हिंडिरहेको टिप्पणी गरेको छ । महासंघ गण्डकीले १३७ औं अन्र्तराष्ट्रिय मजदुर दिवस (मई दिवस)को अवसरमा विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर बालेन सरकारले गरिबी हटाउनुपर्नेमा गरीब हटाएर उल्टो बाटोमा हिंडिरहेको आरोप लगाएको हो । पुराना दलहरुले केहि गरेन भनेर त्यसको जगमा जनअनुमोदित भएर आएको सरकारले संविधानले ज्ञारेन्टी गर्दै मौलिक हकका रुपमा राखेको गाँस, बास र कपासको व्यवस्था गर्नुपर्नेमा उल्टै उनीहरुको उठीबास लगाउनु दुर्भाग्य भएको अखिल नेपाल… पुरा पढौ

सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय

सरकारले सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षक पदमा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरी महानिरीक्षकमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो । हालका आईजीपी राजु अर्याल आईजीपीको चार वर्षे कार्यकाल पूरा गरी यही वैशाख १८ गते अवकाश जाँदै छन् । बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक… पुरा पढौ