राजनीति

चुनावपछि एमाले कहाँ छ भनेर टर्च बालेर खोज्नुपर्छ : नेपाल

नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीस चोलेन्द्र समसेर जबरालाई महाअभियोग लगाउने कुरा हल्ला मात्र भएको बताएका छन् । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशको आयोजनामा शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाटमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपालले प्रधानन्यायाधीस जबरालाई महाअभियोग लगाउनेबारे प्रस्ताव नै नआएको बताएका हुन् । ‘प्रधानन्यायाधीस जबरालाई महाअभियोग लगाउने कुरा बजार हल्ला मात्र हो । यसबारे कसैले प्रस्ताव ल्याएको पनि छैन । दलहरुबीच छलफल पनि भएको छैन । हल्लाको पछि कुद्न जरुरी छैन’–उनले भने ।… पुरा पढौ

संसद् अधिवेशन अन्त्यको राष्ट्रपतिसमक्ष सिफारिस

काठमाण्डौं । सरकारले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी अधिवेशन अन्त्यका लागि सिफारिस गरेको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिए । गत भदौ २३ देखि सुरु भएको संसद् अधिवेशन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले लगातार अवरोध गर्दै आएको थियो । पुरा पढौ

नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीद्वारा पदभार ग्रहण

हेटौंडा । वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई आर्थिक मामिला तथा योजना मन्त्रालयलगायत केही मन्त्रालय अर्को मन्त्रिपरिषद् विस्तार नभएसम्मका लागि कार्यभार सम्हाल्न जिम्मेवारी तोकेका छन् । नयाँ मन्त्रिपरिषद् विस्तार आज हुँदा तीन नवनियुक्त मन्त्री कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय एवं कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालयको जिम्मेबारी दिइएको छ । सो अवसरमा मुख्यमन्त्री पाण्डे र नवनियुक्त मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । पुरा पढौ

मन्त्रिपरिषद् निर्णय : भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस

काठमाण्डौं । सरकारले भारत, बेलायत र अमेरिकाका लागि राजदूतको नाम सिफारिस गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भारतका लागि नेपाली राजदूतमा डा शङ्कर शर्मा, संयुक्त अधिराज्य (बेलायत०)का लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रा श्रीधर खत्रीलाई नियुक्तिका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को आजको बैठकले निर्णय गरेको जानकारी दिए । बैठकले हरित ऊर्जासम्बन्धी वक्तव्यमा सहमति जनाइ हस्ताक्षर गर्न सहमति दिने तथा सुनकोसी मरिङ डाइभर्सन आयोजनाको प्रथम चरणको निर्माण कार्यका लागि वन क्षेत्र प्रयोग गर्न दिइने निर्णय पनि… पुरा पढौ

एमाले पोखरा महानगर कमिटी अध्यक्षमा दीलिप, सचिवमा जीवन

नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दीलिप न्यौपाने चयन भएका छन् । एमाले महानगर कमिटीको अधिवेशनले न्यौपानेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । न्यौपाने महानगर कमिटीका पूर्व सचिव हुन् । अध्यक्षमा उमेद्वारी दिएका अन्य उमेद्वारहरुले मनोनयन फिर्ता लिएपछि न्यौपाने अध्यक्षमा सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ । यसअघी नेकपा एमाले पोखरा महानगर कमिटीमा न्यौपानेसहित दीपक पौडेल, तेजनारायण अधिकारी, धनबहादुर नेपाली र हरी त्रिपाठीले अध्यक्षमा उमेद्वारी दिएका थिए । महानगर कमिटीको अध्यक्षमा उमेद्वारी दिएका पौडेल वर्तमान महानगर कमिटीका अध्यक्ष हुन्… पुरा पढौ

तनहुँमा ठूला दलका नेतृत्वमा महिला न्यून

तनहुँमा ठूला दलका नेतृत्वमा महिला न्यून पाेखरा । दुई मुख्य ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले ) का वडा अधिवेशन हालै सम्पन्न भयो । कांग्रेस तनहुँको दशवटै पालिका स्तरमा पनि अधिवेशन सम्पन्न भइसक्यो भने एमालेको पालिका अधिवेशन सम्पन्न हुने चरणमा छ । एमाले तनहुँले ६ पालिकामा अधिवेशन सम्पन्न गरेको छ भने चार पालिकामा अधिवेशन हुन बाँकी छ । ती दलका नेतृत्वमा महिलाको सङ्ख्या भने न्यून छ । कांग्रेसको पालिका तहमा महिलाको नेतृत्व शून्य छ भने एमालेको एक पालिकामा महिलाले… पुरा पढौ

स्पेनका सभामुख नेपाल भ्रमणमा

काठमाडौँ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए । प्रतिनिधिमण्डलमा त्यहाँका प्रदेशमन्त्री, मेयर, व्यापारीहरु सहभागी हुनेछन् । छ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट व्यक्तित्वहरुसँग भेटवार्ता गर्नुका साथै विभिन्न धार्मिकस्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको प्रदेशका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार स्पेनी प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्र,… पुरा पढौ

नेकपा एकीकृत समाजवादीको चुनाव चिन्ह कलम

नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ। निर्वाचन आयोगले एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको जनाएको छ। नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादी पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको हो। आयोगले एकीकृत समाजवादीलाई रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिन्हलाई पार्टी झन्डाका रूपमा मान्यता दिएको छ। पुरा पढौ

काँग्रेस महाधिवेशनको मंसिर २७ देखि २९ सम्म गर्ने प्रस्ताव

नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको मिति परिमार्जन गर्दै आगामी मंसीर २७ देखि २९ गतेसम्म गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशनको नयाँ मितिसँगै निर्धारित समयमा हुन नसकेको बाँकी अधिवेशनको कार्यतालिका पनि तय गरेको छ। नयाँ तालिकाअनुसार हालसम्म वडा अधिवेशन प्रारम्भ हुन नसकेका १३ जिल्लाको अधिवेशन यही कार्तिक २७ गतेदेखि प्रारम्भ गर्ने तय गरिएको छ। यसैगरी, जिल्ला अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन मंसीर १० गते तथा प्रदेश अधिवेशन मंसीर १६ र १७ गते गर्ने… पुरा पढौ

अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको छ : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको बताएका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको ६८ औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले अदालतको परमादेशले संसद्, संविधान र लोकतन्त्र बचाएको बताएका हुन् । केपी शर्मा ओलीलाई संसद् भङ्ग गर्ने अधिकार संविधानले दिएको थिएन, संविधानले नदिएको अधिकारलाई दुई-दुई पटक प्रयोग गर्दा सर्वोच्च अदालतले संविधान बचाएको हो,” उनले भने । पाँच दलको गठबन्धनबाट बनेको… पुरा पढौ