काठमाण्डौं । यही वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको उपस्थिति तथा निर्वाचन आयुक्त सगुनशमशेर जबराको अध्यक्षतामा गृह, रक्षा र अर्थ मन्त्रालयका सचिवहरू, नेपाली सेनाका रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृतलगायतको सहभागितामा भएको बैठकले उक्त आग्रह गर्ने निर्णय गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार…
पुरा पढौ