राजनीति

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार, रास्वपाका मात्रै ११३ जना (नामावली सहित)

प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ अधिकांश नयाँ अनुहार निर्वाचित भएका छन् । सोमबार सम्पन्न उक्त प्रणालीतर्फको मतगणना परिणामअनुसार सरकार बनाउने हैसियतमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै १२५ सदस्य निर्वाचित भएका छन् । यसअघिको संसद्मा उक्त दलको २१ सदस्य रहेकामा तीमध्ये १२ जना दोहोरिएका छन् भने यसपटक निर्वाचितमध्ये ११३ जना नयाँ छन् । प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा रास्वपाले १२५, नेपाली कांग्रेसले १८, नेपाल कम्युनिष्ट पार्टी एमालेले नौ, नेपाली कम्युनिष्ट पार्टीले आठ, श्रम संस्कृति पार्टीले तीन र… पुरा पढौ

समानुपातिकमा एक करोड चार लाख मतगणना, रास्वपाले कटायो ५० लाख

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार लाख ३८ हजार ७५० मतगणना भएको छ । अब करिब पाँच लाख मत गन्न बाँकी छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख ११ हजार ८९१, नेपाली कांग्रेसले १६ लाख ९४ हजार ८८४, नेकपा ९एमाले० ले १४ लाख १२ हजार ८५३, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ६७ हजार ९९९ र श्रम संस्कृति पार्टीले तीन लाख ५८ हजार ४६७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २५ हजार ३२४ मत प्राप्त गरेका… पुरा पढौ

इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी

इलाम क्षेत्र नं १ बाट नेपली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन् । उनी ९११ मतान्तरले विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राईले १४ हजार ५४३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार विनोदकुमार नेम्बाङ लिम्बूले १३ हजार ६३२ मत प्राप्त गरेको निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिए । चुनावी प्रतिस्पर्धामा रहेका एमालेका काजिमान कागतेले ११ हजार ९६६, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले नौ हजार १६० तथा नेपाली कम्युनिष्ट… पुरा पढौ

गोरखा १ मा सुधन गुरुङ निर्वाचित

गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी २९ हजार ८९६ मत ल्याएर निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १५ हजार ३९८ मत पाए । नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारी ११ हजार १२४ मत ल्याएर तेस्रो भए । एमालेका रामचन्द्र लामिछानेले ३ हजार ७३२ मत पाए । पुरा पढौ

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए पद तथा गोपनीयताको शपथ

सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा नवनिर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । यही माघ ११ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित भएका १८ मध्ये १७ जना सदस्यलाई सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा आज आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शपथ गराए । कुल ५९ सदस्य रहेको राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुने र एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ । कार्यक्रममा नवनिर्वाचित सदस्यहरु खम्मबहादुर खाती, गीता देवकोटा, चन्द्रबहादुर केसी,… पुरा पढौ

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको निर्वाचन खर्च १४ लाख

झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेस गरिएको विवरणअनुसार शाहले निर्वाचन अभियानका क्रममा कूल रु १४ लाख १४ हजार ७२९ खर्च भएको उल्लेख छ । पेस गरिएको विवरणमा विभिन्न शीर्षकमा खर्च गरिएको रकम समेटिएको छ । उनले निर्वाचन प्रचार प्रशासका क्रममा सवारीसाधन भाडामा १५ दिनका लागि दुई वटा सवारी प्रयोग गर्दा रु दुई लाख ३३ हजार ५००, हवाई भाडामा पाँच पटकका लागि रु ३५ हजार तथा… पुरा पढौ

‘म्यागासेसे’ को म्याग्दीबाट संसद यात्रा

सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभाको यात्रा तय गरेका छन् । हाल चितवनमा बस्दै आएका ७१ वर्षीय पुनको जन्म विसं २०११ माघ ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा भएको हो । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिममेवारी सम्हालेका पुनले गत माघ ४ गते पदबाट राजिनामा दिएर जन्मथलोमा चुनाव लड्न पुगेका थिए । अमेरिकाको ‘नेब्रास्काको युनिभर्सिटि’बाट विसं २०४९ मा स्नाकोत्तर गरेका पुनको म्याग्दीको सूचना प्रविधि, शिक्षा र पर्यटन विकासमा योगदान रहेको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको टिकोट माविका प्रअ… पुरा पढौ

कास्कीमा चार हजार ६९८ मत बदर

यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा चार हजार ६९८ मत बदर भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा कूल एक लाख ९१ हजार ४२५ मत खसेकामा एक लाख ८६ हजार ७२७ मत सदर भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार बदर मतको प्रतिशत दुई दशमलव ४५ प्रतिशत छ । कास्की–१ मा जम्मा ७१ हजार ८०६ मत खसेकामा ६९ हजार ९५४ मत सदर हुँदा एक हजार ८५२ मत बदर भयो… पुरा पढौ

धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने आयोगको निर्णय

निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ । आयोगको निर्णयअनुसार आजै धनुषा जिल्ला क्षेत्र नं। १ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको शाखा अधिकृत कानून अरुण अधिकारीले बताए ।आयोगले यही फागुन १८ गते धनुषा जिल्ला क्षेत्र नं। १ का राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परी विचाराधीन रहेकाले सो सम्बन्धमा अदालतबाट… पुरा पढौ

जनमतलाई खेर जान दिन्न: कास्की २ का सांसद पौडेल

कास्की क्षेत्र नं. २ मा रास्वपाबाट निर्वाचित सांसद उत्तम प्रसाद पौडेलले जनताले व्यक्त गरेको मतलाई खेर जान नदिने प्रतिबद्धता जनाएका छन् । रास्वपा पोखरा १६ ले आयोजना गरेको धन्यबाद सभामा पौडेलले देशमा सुशासन कायम गरी विधीको शासन स्थापित गर्ने र भष्ट्रचारको समुल अन्त्य गर्नेु नै पार्टीको उद्धेश्य रहेको बताए । पोखरा १६ का मतदातालाई धन्यवाद व्यक्त गर्दै उनले भोट माग्ने क्रममा गरेका बाचा र प्रतिबद्धतालाई पुरा गर्नु नै आफ्नो पहिलो प्राथामिकता भएको स्पष्ट पारे ।पौडेलले भने “घरदैलोंका क्रममा मैले व्यक्त… पुरा पढौ