weather

स्थानीय वायुको प्रभाव बिहीबारसम्म आंशिकदेखि सामान्य बदली

काठमाडौँ। स्थानीय वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । आगामी बिहीबारसम्म प्रदेश नं १ ,२, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षासमेतको सम्भावना छ । देशभर सोमबारसम्म मौसम सफा भई राम्रोसँग घाम लागेकाले अपराह्न अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको थियो । अब स्थानीय वायुको प्रभावले अपराह्न अधिकतम तापक्रम कम भई चिसो अनुभव हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तत्कालै ठूलो पानी पर्ने… पुरा पढौ

पश्चिमी वायुको प्रभाव : बुधबारसम्म वर्षा हुने

पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधबारसम्म बदली र हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । “ठूलो वर्षाको सम्भावना भने छैन, बुधबारसम्म घाम लाग्ने सम्भावना भने कमै रहेको छ”, मौसमविद् श्रेष्ठले भन्नुभयो । उक्त प्रणाली बुधबारदेखि कमजोर हुँदै जाने बताइएको छ । काठमाडौँमा आज बिहान हल्का वर्षा भएको थियो । त्यस्तै उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपात… पुरा पढौ

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ । हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र २ मा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राति देशभर… पुरा पढौ

काठमाडौँको तापक्रम शून्य डिग्रीतिर

काठमाडौँको न्यूनतम तापक्रम आज शून्य दशमलव ८ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौँसहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियस थियो । काठमाडौँ उपत्यकाको तापक्रम अबका केही दिन निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । “उपत्यकाको तापक्रम माइनसमा पुग्ने सम्भावना भने कमै छ”, मौसमविद्… पुरा पढौ

पश्चिमी वायुको प्रभावले बाक्लो हुस्सु

पश्चिमी वायुको प्रभावले देशका अधिकांश भूभागमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मुलुकभर पश्चिमी वायुको प्रभावले बिहानीपख काठमाडौँ उपत्यकालगायतमा हुस्सु लागेको छ । पश्चिमी वायुको प्रभावले अझै एकदुई दिन काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बिहान हुस्सु लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । मध्याह्नपछि हुस्सु क्रमशः घटेर घाम लाग्ने छ”, मानन्धरले भन्नुभयो । हाल गण्डकी, वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । प्रदेश नं १ र वाग्मती प्रदेशका पहाडी… पुरा पढौ

पश्चिमी वायुको प्रभावः आंशिकदेखि सामान्य बदली

पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने छ । पश्चिमी वायु कमजोर अवस्थामा रहेकाले वर्षा हुने सम्भावना भने नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । अबका केही दिन देशका अधिकांश भूभागमा बिहान हुस्सु तथा तुवाँलो लाग्ने र मध्याह्नदेखि घाम लाग्ने बताइएको छ । हाल गण्डकी, लुम्बिनी, वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक… पुरा पढौ

काठमाडौँको तापक्रम २ डिग्रीमा झ¥यो, अझै घट्ने क्रममा

काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि मङ्गलबार काठमाडौँ उपत्यकाको तापक्रम तीन डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । काठमाडौँ उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको छ । यसअघि सोमबार भने काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव शून्य डिग्री मापन भएको थियो । मौसमविद् समीर श्रेष्ठका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । “अबको… पुरा पढौ

काठमाडौँमा आज यस वर्षकै बढी चिसो

काठमाडौँ उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम ४.० डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि आइतबार काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो । मौसमविद् निराजन सापकोटाका अनुसार अब देशभर तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । “डम्म बादल लाग्यो भने बादलले ब्ल्याङ्केटको काम गर्छ र अधिकतम तापक्रम घट्छ, बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ”, मौसमविद् सापकोटाले भन्नुभयो । यस… पुरा पढौ

तीन दिन बदली हुने

न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुनेभएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहने तर वर्षा भने नहुने बताउनुभयो । हाल प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी भूभाग तथा प्रदेश… पुरा पढौ

कस्तो रहला शुक्रबार र शनिबारको मौसम ?

पोखरा । शुक्रबार दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै गण्डकी प्रदेशसहित प्रदेश नम्वर १ र बाग्मती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभाग मौसमपूर्वानुमान महाशाखाले आज मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै यस्तो जानकारी दिएको हो । महाशाखाका अनुसार शनिबार गण्डकी प्रदेश सहित प्रदेश नम्बर १ र बाग्मती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको र बाँकी… पुरा पढौ