weather

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ । यसका कारण देशका विभिन्न भागको मौसममा आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली भागमा सामान्य बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ । देशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ ।आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली… पुरा पढौ

पोखरा बहुमुखी क्याम्पसले भोलि जलवायु परिवर्तन सम्बन्धी सचेतना कार्यक्रम गर्ने

पोखरा । जलवायु परिवर्तनका कारण उत्पन्न असर, प्राकृतिक र मानवीय जीवनमा देखिएको असन्तुलन तथा बढ्दो प्राकृतिक विपदबारे समुदायलाई सचेत गराउने उद्देश्यले पोखरा बहुमुखी क्याम्पसले सचेतना कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम भोलि (माघ २३ गते) शुक्रबार बिहान १०:३० बजे पोखरा बहुमुखी क्याम्पसको शान्ती बनमा सञ्चालन हुने क्याम्पस प्रमुख शिशुकला पराजुलीले जानकारी दिनुभयो । पराजुलीले जलवायु परिवर्तन न्यूनीकरणका उपायबारे जानकारी आदान–प्रदान गर्न कार्यक्रम आयोजना गरिएको हुनाले सम्बन्धित सबै सरोकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गर्नु भएको छ । पुरा पढौ

प्रतिकूल मौसमले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएका हुन् । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार प्रतिकूल मौसमका कारण आज आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ । पोखरा विमानस्थल आगमन बन्द छ भने ‘डिपार्चर’ मात्रै खुलेको छ । काठमाडौँका लागि विराटनगरबाट उडेको श्री एयरलाइन्सको विमान उतै डाइभर्ट भएको जनाउँदै उनले भैरहवाबाट काठमाडौँ उडेको… पुरा पढौ

देशभर मनसुनी वायुको प्रभाव, पश्चिमी भेगमा सक्रिय

मनसुनको न्यून चापीय रेखा तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले आज देशका पूर्वी भूभागभन्दा पश्चिमतर्फ मनसुन बढी सक्रिय रहने बताएको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागमा साधारणतया बदली हुने तथा बाँकी भागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईलगायत पहाडी भागका केही स्थानमा र मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका… पुरा पढौ

अन्तर्राष्ट्रिय जैविक बिबिधता दिवस – २०२५ र नेपालमा यसको सान्दर्भिकता

आज सन् २०२५ मे २२ तारिख, ‘अन्तर्राष्ट्रिय जैविक विविधता दिवस’ । सम्पूर्णमा हार्दिक शुभकामना ।  पृष्ठभूमि सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा पृथ्वी सम्मेलनको आयोजना भएको थियो । त्यस सम्मेलनमा विश्वका सहभागी राष्ट्रहरूले मे २२ तारिखका दिन जैविक विविधता महासन्धि (Convention on Biological Diversity - CBD) पारित गरी नेपाल लगायत सबैले सो महासन्धिमा हस्ताक्षर गरेका थिए ।त्यसैको कार्यान्वयन पक्षलाई निरन्तरता दिदै सन् २००० डिसेम्बर महिनामा बसेको संयुक्त राष्ट्र संघको साधारणसभाले बार्षिकरूपमा अन्तर्राष्ट्रिय जैविक बिबिधतादिवस मनाउने निर्णय गर्यो । त्यस यता प्रत्येक बर्ष जैविक बिबिधता दिवस मनाइदै आइएको छ । यस दिवसको मुख्य उद्देश्य जैविक विविधताको महत्त्व र यसको संरक्षणको आवश्यकताको बारेमा आम जनचेतना फैलाउनु हो । प्रत्येक बर्ष यसको नारा (Theme) फरक फरक हुने गर्छ । सन् २०२५ को नारा "प्रकृतिसँग सद्भाव र दिगो विकास" (Harmony with Nature and Sustainable Development) भन्ने रहेको छ । सन् २०२२ मा संयुक्त राष्ट्र संघका पक्षधर राष्ट्रहरूको… पुरा पढौ

आज बेलुकादेखि वर्षा मत्थर हुँदै जाने

तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने राससलाई जानकारी दिए । “आज बेलुकादेखि नै वर्षा केही मथ्थर हुन सुरु हुन्छ, तर ठ्याक्कै रोकिने होइन, भोलिसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा वर्षा भइरहेको छ त्यो अब हट्दै जान्छ”, उनले भने । भोलिदेखि अहिलेको मौसमी प्रणाली कमजोर हुँदै जाने उनको भनाइ छ । “बादल फाट्न चै केही दिन लाग्छ,… पुरा पढौ

पोखरामा जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन जारी

१४ असार, पोखरा । पोखरामा बुधवारदेखि शुरु जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन जारी रहेको छ । जलवायु उत्थानशीलता वृद्धि र जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने उपायको खोजी गर्न विभिन्न क्षेत्रका ६० युवा अभियन्ता पोखरामा भेला भएर छलफल गरिरहेका हुन् । नेपाल यूयस एलुमनाइ नेटवर्क (नुसान)को आयोजना, रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धान संस्थान (आईएसएसआर) को सहआयोजनामा र नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा सम्मेलन सुरु भएको हो ।नुसानका महासचिव प्रदीप खतिवडाका अनुसार बुधबार सहभागीले समुदायस्तरमा जलवायु परिवर्तनको प्रभावको सम्बोधन, वैकल्पिक उर्जाको प्रयोग, जलवायु शिक्षा, महिला र… पुरा पढौ

पाँच दिन तातो हावा यथावत्

देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रम बढेकाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । “हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ । तसर्थ, देशका तराई… पुरा पढौ

जाडोले जनजीवन प्रभावित

महोत्तरीलगायत तराईका जिल्लामा जाडो बढेपछि जनजीवन प्रभावित भएको छ । विगत चाररपाँचदिनदेखि लगातारको शीतलहर, चिसो कठ्याङ्ग्र्दिो हावा, हुस्सु र बाक्लो कुहिरोका महोत्तर जनजीवनका साथै पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएका छन् । चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । जाडो बढेसँगै बजारमा न्यायो कपडाको बिक्री पनि बढेको छ भने हाटबजारमा मानिसको उपस्थिति कम हुन थालेको छ । चिसोको कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका… पुरा पढौ

निर्वाचनको दिन मौसम सफा रहने

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन यही मंसीर ४ गते देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज (मंसीर २ देखि ४ गते) सम्मको प्रारम्भिक मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै निर्वाचनको समयमा मौसम सफा रहने जनाएको हो। निर्वाचनका दिन र त्यसको २ दिनअघिको मौसम सामान्यतया सफा रहँदा मतदाता र उमम्मेदवारका लागि सहज हुने महाशाखाले उल्लेख गरेको छ। हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको… पुरा पढौ