weather

पोखरामा एकाविहानै वर्षा ! भित्रन लाग्यो मनसुन

पोखरामा आज (बुधबार) बिहानै भारी वर्षा भयो। पश्चिमी वायु, पूर्वी वायु र स्थानीय वायुको प्रभावका कारण आज विहान ५ बजे पोखरामा भारी वर्षा भएको थियो। केही दिन यता दिउँसो मात्र मेघ गर्जनसहित चट्याङ र वर्षा हुने गरेकोमा आज विहानै पोखरामा भारी वर्षा भएको थियो। केही दिन यता गण्डकी प्रदेश लगायत देशका केही पहाडी भूभागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहँदै आएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाका अनुसार गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागहरुमा अझै केही दिन मेघ… पुरा पढौ

गण्डकी प्रदेशमा आज पनि हल्का वर्षाको संभावना

न्यून चापीय क्षेत्रको प्रभावका कारणले गण्डकी प्रदेशमा आज (मंगलबार) पनि हल्का वर्षाको संभावना छ। गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका धेरै जसो क्षेत्रमा मौसम बदली हुने र हल्का वर्षा समेत हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार यि क्षेत्रको केही स्थानहरुमा अहिले पनि हल्का वर्षा भइरहेको छ। पश्चिमी वायु र भारतको विहार आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण हल्का वर्षाको संभावना रहेको विभागले जनाएको हो। पश्चिमी वायुका साथै स्थानीय वायु र भारतको… पुरा पढौ

यस वर्ष जेठमै मनसुन भित्रिने संभावना !

यस वर्ष जेठको मसान्तमै नेपालमा मनसुन भित्रिने संभावना मौसमविदहरुको अनुमान छ । प्रि–मनसुनको समयमा पनि हल्का वर्षा भइरहेकाले यस वर्ष समयमै नेपालमा मनसुन भित्रिने मौसमविदहरुले जनाएका छन्। सामान्यतयाः जुन १० तारिख अर्थात जेठ अन्तिम हप्ता नेपालमा मनसुन भित्रिने गर्छ। कहिलेकाँही मनसुनी वायु आउन ढिलाई हुँदा ढिलो मनसुन भित्रिने गर्छ। तर, यस वर्ष भने प्रि–मनसुनमै पश्चिमी वायुको प्रभाव कायमै रहेकाले समयमै मनसुन भित्रिने मौसमविदहरुले अनुमान लगाएका छन्। जुन दोस्रो हप्ता मनसुन भित्रिने समय असारमा पनि पर्छ। समयमै मनसुन भित्रिदा धान रोप्ने… पुरा पढौ

गण्डकी प्रदेश लगायत देशका केही स्थानमा वर्षाको संभावना

गण्डकी प्रदेश लगायत देशका केही स्थानमा आज (सोमबार) दिउँसो हल्का वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेश लगायत प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ। बाँकी प्रदेशका १/२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना छ। राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक दुई… पुरा पढौ

चक्रवातको असर मङ्गलबारदेखि, पर्वतारोहीलाई सतर्कता अपनाउन आग्रह

काठमाण्डौं । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ । उक्त न्यून–चापीय क्षेत्र आज चक्रवातमा परिणत भएको र मङ्गलबारसम्ममा धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाखाशाले प्रक्षेपण गरेको छ । सो प्रणालीका कारण मङ्गलबार अपराह्नपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली भई वाग्मती प्रदेश र प्रदेश नं १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको… पुरा पढौ

अरब सागरको चक्रवात ‘ताउ–ते’ को असर नेपालमा पनि, मेघगर्जन र हावाहुरीको सम्भावना

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ‘ताउते’का कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ । चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि अप्रत्यक्ष असर देखिने मौसम जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात अझ विकसित हुने क्रममा रहेको र हाल उत्तर–उत्तरपश्चिमतिर बढ्ने क्रममा छ । बुधबार बेलुकादेखि शुक्रबारसम्म कर्णाली, सुदूपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश… पुरा पढौ

वायु प्रदूषण : बाहिर ननिस्कन विज्ञको सुझाव

काठमाडौँ। काठमाडौँ सहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन्। वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न र निस्कनपरे एन–९५ मास्क प्रयोग गर्न समेत अनुरोध गरे । उनले वायु प्रदूषणका… पुरा पढौ

तत्काल मौसम सुधार नहुने

काठमाडौँ। विगत केही दिनयतादेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल नहट्ने भएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार तुवाँलो हट्नका लागि मौसमी प्रणाली विकसित भई कि त ठूलो पानी पर्नुपर्छ वा वेगले हावा चल्नुपर्छ । अबको दुईतीन दिनमा त्यस्तो कुनै मौसमी प्रणाली विकास हुने अवस्था देखिएको छैन”, मौसमविद् श्रेष्ठले भने । नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नाका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कणहरू वायुमण्डलमा नै जम्मा भएकाले तुवाँलो लागेको बताइएको छ । हाल देशमा… पुरा पढौ

‘तुवाँलो अझै कायम रहन सक्छ ’

काठमाडौं। विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ । तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए। उनका अनुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणको कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई तुवाँलो देखिएको हो । तुवाँलो हट्नका लागि वायुको वेग बढ्नुका साथै वर्षा हुनुपर्छ । भोलि अपरान्हपछि पश्चिमी वायु सक्रिय हुने देखिएको छ ।” उनले भने, यसले हावाको वेग बढ्नुका साथै… पुरा पढौ

मौसममा सुधार आउन अझै केही दिन लाग्ने

काठमाण्डौं । पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले प्रदूषणका कणहरु वायुमण्डलमा नै जम्मा भएकाले काठमाडौँ उपत्यकामा बाक्लो तुवालो लागेको छ । जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर नेपालका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदूषणका कण छरिन नपाई वायुमण्डलमा नै तैरिरहने भएकाले प्रदूषण बढ्न गई पारदर्शितासमेत घटेको जनाएको छ । स्थिर रहेको वायुमण्डल आगामी केही दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसमविद् सविना शाक्यले बताइन् । यसबाट हुने प्रदूषणको कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर… पुरा पढौ