कृषि

आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा रोपिएको सयपत्री बिक्रीका लागि तयार भएको छ । यान्चोक लघुउद्यम महिला सङ्घले गत साउन २५ गते रोपेको सयपत्री बिक्रीका लागि तयार भएको हो । सङ्घले ४० रोपनी क्षेत्रमा सयपत्री रोपेकामा पहिलो चरणमा दश रोपनी क्षेत्रफलको सयपत्री बिक्रीका लागि तयार भएको सङ्घका अध्यक्ष सुन्तली गुरुङले जानकारी दिए । उनले भने, “४० हजार बिरुवा रोपिएको थियो, अहिले १० रोपनी क्षेत्रफलमा सयपत्री फूल बिक्रीका लागि तयारी अवस्थामा छ ।” यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध ७० महिलाले… पुरा पढौ

म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–५ झिँमा परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सुरुआत भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँमा परम्परागत जाँै र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले परियोजना लागू भएको हो । प्रदेश सरकारको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशत साझेदारीमा रु एक करोड लागतको परियोजना सुरु भएको रघुगङ्गा गाउँपालिका–५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले जानकारी दिए। “लोप हँुदै गएको परम्परागत जाँै र उवा… पुरा पढौ

कृषि क्षेत्रमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्न कृषिमन्त्री अधिकारीको निर्देशन

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषिक्षेत्रमा भएको क्षति विवरण सङ्कलन गरी थप रणनीति बनाउन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका छन्। शनिबार आएको बाढीले कृषि क्षेत्रमा पारेको क्षतिका सम्बन्धमा आज कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको आकस्मिक बैठकमा मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा के–कति क्षति पु¥याएको छ यसको वास्तविक तथ्याङ्क चाँडो सङ्कलन गर्न निर्देशन दिएका हुन् । मन्त्री अधिकारीले भने, “बाढीले थुप्रै कृषिउपजमा क्षति पु¥याएको सुनिएको छ, यसलाई सम्बोधन गर्न आवश्यक छ ।” बैठकमा क्षतिको यकिन तथ्याङ्क… पुरा पढौ

जैविक कृषि विकासका लागि मल उत्पादन र बजारीकरण परियोजना

दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले जैविक कृषि विकासका लागि नवप्रवतर्नशील मल उत्पादन र बजारीकरण परियोजना सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाले मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रममार्फत उक्त परियोजना सञ्चालन गर्न लागेको हो । रु एक करोड २४ हजार लागतको परियोजना सञ्चालनका लागि प्रदेश सरकारसँग पालिकाले सम्झौता गरेको छ । त्यसअनुसार मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमममार्फत रु ७५ लाख सहयोग रहनेछ भने पालिकाले रु २५ लाख साझेदारी गर्ने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । स्थानीयलाई आयआर्जनसँग जोड्दै आत्मनिर्भर बनाउने… पुरा पढौ

भानु नगरपालिकामा छयानब्बे गाईभैँसीको थुनेलो परीक्षण

तनहुँ । जिल्लाको भानु नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखाले व्यावसायिक किसानका गाईभैँसीको दूधको नमूना सङ्कलन गरी परीक्षण गरेको छ । शाखाले पशुहरुमा हुने थुनेलो रोग रोकथामका लागि परीक्षण गरी किसानलाई औषधि तथा उपचार सामग्री निःशुल्क उपलब्ध गराएको हो । नगरपालिकाले आयोजना गरेको शिविरमा ५६ किसानका ९६ वटा गाईभैँसीको दूधको नमूना सङ्कलन गरी परीक्षण गरिएको पशु सेवा प्राविधिक अमित ढुङ्गानाले जानकारी दिए । उनले भने, “५६ गाई र ४० भैँसीको दूधको नमूना परीक्षण गर्दा १३ किसानको २३ गाई र १२… पुरा पढौ

ऋषिङ आयोजना प्रभावितलाई मौरीपालन र वित्तीय साक्षरता तालिम

दमौली । तनहुँ जलविद्युत् आयोजनाले आयोजना ऋषिङ गाउँपालिका–८ पल्ट्याङ्मा प्रभावितलाई मौरीपालन र वित्तीय साक्षरतासम्बन्धी तालिम दिएको छ । आयोजना प्रभावितहरुको जीविकोपार्जन पुनःस्थापना तथा आयआर्जन वृद्धिका लागि सञ्चालित तालिममा आयोजनाको डुबान क्षेत्र भिमाद नगरपालिका–५ का १६ जनाको सहभागिता थियो । यही असोज ३ गतेदेखि ऋषिङ गाउँपालिका–८ को वडा कार्यालयमा तीनदिने तालिम सञ्चालन गरिएको थियो । ऋषिङ गाउँपालिका–८ का वडाध्यक्ष भरतकुमार श्रेष्ठले आयोजना प्रभावितहरुलाई लक्षित गरी सञ्चालन गरिएको तालिमले प्रभावितहरुको आयआर्जन वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । तालिमबाट सिकेको सीपलाई व्यावहारिक… पुरा पढौ

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ । गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाले स्ट्रबेरीखेती सुरु गरेको हो । गाउँपालिकाका कृषि प्राविधिक प्रवेश पण्डितका अनुसार स्ट्रबेरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाको लगानीमा डेढ रोपनी जग्गामा दुई हजार दुई सय ५० स्ट्रबेरीका बिरुवा रोपिएका छन् । परीक्षणका रूपमा खेती गरिएको हो । तीन प्रजातिका बिरुवा रोपिएको छ । केहीमा रासायनिक र केहीमा जैविक मल हालेर बिरुवा रोपिएको बताउँदै उनले भने, “कुनचाहिँ राम्रो हुन्छ परीक्षण गर्छौँ र त्यसैअनुरुप खेती विस्तार… पुरा पढौ

कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र

बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लाागि अध्ययनस्थलका रूपमा परिचित हुँदै गएको छ । केन्द्रबारे जानकारी लिन धेरै जिज्ञासु दैनिक यहाँ आउने गरेका छन् । एक वर्षमा आठ हजार अवलोकनकर्ताले केन्द्रका बारेमा जानकारी लिएका गरेका छन् । गत वर्ष सात हजार नौ सय ६४ जनाले अनुसन्धान केन्द्रको भ्रमण गरेका थिए । केन्द्रप्रमुख डा. राजु कँडेलका अनुसार कृषि, पशुपालन, वनविज्ञानका विद्यार्थी अध्ययनमा आउने गरेकामा सङ्घ र प्रदेश सरकारका मन्त्री, सांसदलगायत विभिन्न पार्टीका नेताको भ्रमणको गन्तव्य केन्द्र बनेको छ… पुरा पढौ

बादरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा

बर्सेनि खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलोपटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ । महाशिला गाउँपालिकामा पहिलोपटक ओखरखेती थालिएको हो । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत गाउँपालिकाका छवटै वडामा ओखरखेती सुरु गरिएको छ । गाउँमा बाँझो रहेको जमिन सदुपयोग तथा बाँदरबाट हुने क्षति न्यूनीकरणका लागि ओखरखेती थालिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । गण्डकी प्रदेश सरकारबाट १० हजार बिरुवा प्राप्त भएका थिएभने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ बागलुङमार्फत चक्लाबन्दीमा आधारित खेती कार्यक्रमअन्तर्गत… पुरा पढौ

नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु

नेपालमा उत्पादन गरिएको तरकारी आजबाट कतारमा निर्यात गर्न सुरु गरिएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडौँको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार किलो तरकारी कतार पठाइएको दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेतले जानकारी दिए । उनले भने, “त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई तरकारी हस्तान्तरण गरेका छौँ ।” यसैगरी कृषि विभागका महानिर्देशक डा नरहरीप्रशाद घिमिरेले नेपालबाट कतारका लागि तरकारी निर्यात हुनु… पुरा पढौ