कृषि

कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत

गलकोट । बागलुङ नगरपालिका–७ कालिमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कुखुरा पालेर एक उद्यमीले मासिक रु एक लाख ५० हजार बचत गर्र्दै आएका छन् । स्थानीय ओमराज शर्माले सञ्चालन गरेको कुखुरा फार्मबाट दैनिक पाँच हजार अण्डाको बजारीकरण भइरहेको छ । बाह्र बर्ष कतार बसेर फर्किएका शर्माले कुखुरापालनमा आम्दानी र जोखिम बराबर रहेको बताए । “तीन हजार कुखुरा पाल्दै आएको थिएँ, हाल थप दुई हजारले अण्डा दिन सुरु गरेका छन्, दैनिक पाँच हजार अण्डा बजार बेच्ने गरेको छु”, उद्यमी… पुरा पढौ

मुस्ताङमा आलु ‘जोन’

मुस्ताङका पाँच स्थानीय तहमा चालु आर्थिक वर्षदेखि आलुको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) सञ्चालन गरिएको छ । व्यावसायिक आलुखेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र बजारीकरणमा सघाउने उद्देश्यले जोन कार्यक्रम सञ्चालन गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत यसअघि मुस्ताङमा स्याउ र च्याङ्ग्रा जोन कार्यक्रम सञ्चालन हुँदै आएको छ । म्याग्दी र मुस्ताङ कार्यक्षेत्र भएको परियोजनाको जोमसोमस्थित कार्यालयका प्रमुख भरतराज गौतमले आलु जोन कार्यक्रममा ७१ कृषि फार्म, समूह र सरकारी सूचीकृत भएका जानकारी दिए । कार्यक्रममार्फत आलुखेती गर्ने… पुरा पढौ

गाउँमा आउने अतिथिलाई मायाको चिनो ‘रायो साग’

ढोरपाटन । आइतबार गण्डकी प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापा र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठसहितका अतिथि बजारदेखि रायडाँडा गाउँलाई बालमैत्री वडा घोषणा गर्न पुगेका थिए । बालमैत्री वडा घोषणापछि बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले प्रमुख अतिथिसहित कार्यक्रममा पुगेका पाहुनालाई चोयाको डोरीले बाँधेको रायो सागको मुठा मायाको चिनो हातमा थमाए । कलिलो सागको मुठा पाएपछि अतिथिहरु मुस्काउन थाले । वडा कार्यालयले मायाको चिनोका रुपमा गाउँका किसानले उत्पादन गरेको साग दिएपछि कार्यक्रममा सहभागी सबै खुसी भए । आयातित वस्तुलाई मायाको चिनोका रुपमा… पुरा पढौ

बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ । पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताए । फल टिप्ने बेलामा दिनभरि बाँदर धपाएर बस्नुपर्ने स्थानीयको दैनिकीजस्तै बनेको उनको भनाइ छ । “अहिले बाँदरबाट सुन्तला जोगाउन मुस्किल परेको छ, हरेक वर्ष बाँदरको हुल बढेका छन्, किसानको बारी बाँदर आतङ्कले रित्तिन थालेका छन्, बाँदर नियन्त्रणतर्फ सरकारले ध्यान दिनुपर्ने भएको छ”, उनले भने। जङ्गलबाट हुलका हुल बाँदर बगैँचामा… पुरा पढौ

वार्षिक पाँच करोडसम्म सुन्तालाको कारोबार

वालिङ । स्याङ्जाका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि रु पाँच करोडसम्म सुन्तालको कारोबार गदै आएका छन् । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि फार्ममार्फत उनले बर्सेनि करोडौँको सुन्तलाको कारोबार गर्दै आएका हुन् । अर्यालले आफ्नै बगैँचामा उत्पादन गरे सुन्तला र अन्य किसानबाट खरिद गरेर ल्याएको सुन्तला बिक्रीबाट यसवर्ष पनि रु पाँच करोडभन्दा बढी कारोबार हुने अनुमान गरिएको बताए । उत्पादन बढी हुँदा र बजार मूल्य राम्रो भएको अवस्थामा वार्षिक रु पाँच करोडसम्मको करोबार हुने उनले जानकारी… पुरा पढौ

बगैँचाबाटै सुन्तला बिक्री भएपछि बागलुङका किसान उत्साहित

गलकोट । धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आएको एक हप्ता भयो । उनले नौ सुन्तला किसानका साथ सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ पठाइराखेका छन् । अहिले तामाङजस्ता सुन्तला व्यापारी सिगानाका सुन्तला किसानका घरघरमा पुगेका छन् । सिगाानको सुन्तला स्वादिष्ट भएकाले बगैँचाबाटै खरिद गरेर नारायणगढ पठाएको व्यापारी तामाङको भनाइ छ । उनले सुन्तला खरिदबापत एकमुष्ट रु १२ लाख किसानलाई बुझाएको बताए। तामाङले १२ गाडी सुन्तला नारायणगढ पठाएको जानकारी दिए । “सिगानाको सुन्तला नारयणगढमा अत्यधिक माग छ, यस याममा… पुरा पढौ

तनहुँमा बाढीले बालीमा एक करोड बढीको क्षति

तनहुँ । गत असोजको बाढीबाट तनहुँमा रु एक करोडभन्दा बढीको बाली नष्ट भएको छ । आँबुखैरेनी, बन्दीपुर देवघाट र ऋषिङ गाउँपालिकामा रु एक करोड आठ लाख आठ हजार तीन सय ७० बराबरको क्षति भएको हो । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आँबुखैरेनी गाउँपालिकामा सबैभन्दा धेरै क्षति भएको छ । छपन्न रोपनीमा लगाइएको हिउँदे मकै, धान, कोदो तथा दलहन र सागसब्जीमा ५० प्रतिशत क्षति हुँदा रु ८६ लाख ७० हजार पाँच सय ७० बराबरको नोक्सान भएको छ । त्यसैगरी बन्दीपुरमा साढे… पुरा पढौ

पर्वतमा केराखेतीबाट वार्षिक एक करोड ५० लाख आम्दानी

पर्वत जिल्लाको कुश्मा नगरपालिकास्थित ज्ञादी क्षेत्रमा व्यावसायिक रूपमा गरिएको केराखेतीबाट वार्षिक रु एक करोड ५० लाखसम्म आम्दानी भइरहेको छ । यहाँका कृषकले धानखेती मासेर सात वर्षदेखि व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन् । पीपलटारी र कटुवाचौपारीका ६५ कृषकले एक हजार रोपनी क्षेत्रफलमा व्यावसायिक केरा उत्पादन गर्दै आएका हुन् । विसं २०५२ मा चितवनको राप्ती किनारबाट बिरुवा ल्याएर लगाइएको केराका बोट अहिले कृषकको प्रमुख आम्दानीको स्रोत बन्दै गएको हो । सोही बीउलाई आर्थिक वर्ष २०७६-७७ देखि ‘केरा ब्लक’मा विस्तार गरी व्यावसायिक… पुरा पढौ

गोरखामा विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती

गोरखाको पालुङटार नगरपालिका–९, सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयले विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती सुरुआत गरेको छ । विद्यालयले कृषि ज्ञानकेन्द्र गोरखाको सहयोगमा स्ट्रबेरी खेती गर्न थालेको प्रधानाध्यापक गणेशराज सेडाईले जानकारी दिए। “यस वर्ष परीक्षणका रुपमा अहिले एक रोपनी क्षेत्रफल जमिनमा स्ट्रबेरी खेती सुरु गरिएको छ”, उनले भने, “उक्त जमिनमा करिब छ सय बिरुवा लगाइएको छ, यसबाट राम्रो उत्पादन भए थप जमिनमा स्ट्रबेरी खेती गर्ने योजना विद्यालयको छ ।” विद्यालयमा कक्षा ९ देखि १२ सम्मका कृषि धारका विद्यार्थी स्ट्रबेरीखेती गर्ने काममा जोडिएको… पुरा पढौ

गहुँखेती प्रवर्द्धन गर्न किसानलाई अनुदान दिँदै पोखरा महानगर

पोखरा महानगरपालिकाले गहुँखेतीप्रति किसानको आकर्षण बढाउन अनुदान तथा सहयोगका कार्यक्रम कार्यान्वयन गर्ने भएको हो । महानगरपालिकाले हिउँदे बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत गहुँखेतीका लागि बीउ, जमिन जोत्ने, थ्रेसिङ गर्नेलगायत कामका लागि अनुुदान दिने निर्णय गरेको छ । महानगरको कृषि महाशाखाका प्रमुख मनोहर कडरियाका अनुसार पोखरा महानगपालिका क्षेत्रभित्र हुने गहुँखेतीका लागि न्यूनतम एक सय रोपनी क्षेत्रफलको ‘क्लष्टर’लाई आधार मानेर बीउ, जमिन जोत्न र थ्रेसिङ गर्न ५० प्रतिशत अनुदान दिइने छ । महानगरपालिकाका वडा नम्बर १३, १९, २३, २६, २७, २८ र ३२ का… पुरा पढौ