कृषि

कोदोका परिकारको माग बढेपछि कोदो खेतीतर्फ आकर्षित पर्वतका किसान

पर्वत । परम्परागत बालीका रुपमा रहेको कोदो उत्पादनतर्फ पर्वतका किसानको आकर्षण बढ्दै जान थालेको छ । बजार अभावले केही वर्ष पहिलेसम्म कोदो उत्पादन गर्न छाडेका किसान अहिले पुनः कोदोखेतीमा सक्रिय हुन थालेका छन् । पछिल्ला केही वर्षयता होटल, रेष्टुरेन्ट तथा घरबास ‘होमस्टे’हरुमा कोदोका परिकारको माग बढ्दै गएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । कोदोको परिकारमा प्रोटिन, आइरन र क्याल्सियम बढी मात्रामा पाइने र स्वास्थ्यका लागि उपयोगी हुने भएकाले माग बढ्दै जाँदा उत्पादन पनि बढ्दै गएको किसानको भनाइ छ । पहिले–पहिले… पुरा पढौ

बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै म्याग्दीका किसान

गलेश्वर । बजारमा माग बढेपछि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रका किसान जुनेलो र फापरको व्यावसायिक खेतीमा लागेका छन् । जिल्लाका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका एक दर्जनभन्दा बढी पहाडी गाउँका किसान व्यावसायिक खेतीमा लागेका हुन् । पछिल्लो समय बजारमा जुनेलो र फापरको माग ह्वात्तै बढेको छ । विशेषगरी सहरिया उपभोक्ताको दैनिक उपभोग्य वस्तुका रुपमा जुनेलो र फापरको परिकार बन्ने गरेको छ । त्यसैले ग्रामीण क्षेत्रमा किसानले यी वस्तुको व्यावसायिक खेती सुरु गरेका छन् । दुई÷चार वर्षअघिसम्म सहर बजारमा यी वस्तुलाई अखाद्य… पुरा पढौ

पोखरा र आसपास लगाएतमा धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै

गण्डकी । धानको लोपोन्मुख (रैथाने) प्रजाति हराउँदै गएका छन् । पोखराका विभिन्न तालका किनारा तथा फाँटमा फल्ने पोखरेली जेठोबुढो, पहेँले, झिनुवाजस्ता प्रजाति लोप हुँदै गएका छन् । औषधीय गुण भएका रैथाने प्रजातिका धान हराउँदै जाने र बढी उत्पादन हुने नाममा वर्णशङ्कर जातका धान रोप्नेक्रमसँगै नयाँपुस्ताका लागि रैथाने जात एकादेशको कथा जस्तै हुने चिन्ता छ । पोखरा र आसपासमा करिब तीन दशकयता रैथाने जात हराउँदै गइरहेको वास्तविकतामा पोखरा महानगरपालिकाले यिनको संरक्षणसँगै स्थानीयवासीमा पनि सचेतना बढाउने गरी तयारी थालेको पोखरा महानगरपालिका कृषि… पुरा पढौ

चापाकोटकी लक्ष्मी बत्तीस वर्षदेखि डोकोमा तरकारी बेच्दै

वालिङ । स्याङ्जाको चापाकोट–९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च गर्न थालेको ३२ वर्ष पुग्यो । आफूले उत्पादन गरेका तरकारी गाउँ तथा बजारका घरघरमा पु¥याएर बिक्री गर्ने उनको दैनिकी निकै लामो छ । मौसम अनुसारका तरकारी उत्पादन गरी आफैँले डोकोमा बोकेर बजार जाने गरेकाले बिक्रीको समस्या नभएको उनले बताए । “मौसम अनुसार उत्पादन हुने तरकारी दुई÷चार किलोका दरले टिप्छु, सबै मिलाउँदा भारी पुग्छ”, उनले भने, “ग्राहकले पनि आफूले चाहेको ताजा तरकारी घरदैलोमै पाउनुहुन्छ ।” आफूले उत्पादन गरेका तरकारी घरदैलोमै… पुरा पढौ

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

म्याग्दी । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्जनमा सहयोग पुगेको बताए । “अक्करे भिरमा जोखिम मोलेर गरिने महसिकार वसन्तयाममा धवलागिरि चक्रीय, गुर्जा र ढोरपाटन क्षेत्रको भ्रमणमा आउने पर्यटकका लागि आकर्षण बनेको छ”, उनले भने, “अत्यधिक माग हुने भिरमह बिक्री गरेर सिकारीहरूले केही रकम आर्जन पनि गरेका छन् ।” केही दिनअघि… पुरा पढौ

माछा पालनबाटै समृद्धिको ढोका खोल्दै रुपाताल पुर्नस्थापना तथा मत्स्य सहकारी

पोखरा । नेपालमा अहिले सहकारीहरु बद्नाम छन् । सहकारीका ठग सञ्चालकहरुले बचतकर्ताको रकम अपचलन गरेका खबरहरु दिनहुँ आइरहेका छन् । जसका कारण बचतकर्ताहरु घर न घाटको अवस्थामा पुगेका छन् भने उनीहरु आफैले बचत गरेको रकम फिर्ता माग्दै आन्दोलनमा होमिनुपरेको अवस्था छ । सहकारीहरु एकपछि अर्को गर्दै धरासायी भइरहेका बेला पोखराको लेखनाथस्थित एउटा सहकारी भने माछापालनबाटै समृद्धिको ढोका खोल्न तल्लिन छ । रुपातालको पुर्नस्थापनासँगै माछापालनमार्फत स्थानियको जीवनस्तर उकास्ने उद्देश्यले स्थापित यो रुपाताल पुर्नस्थापना तथा मत्स्य सहकारी संस्था लिमिटेडले माछापालनबाटै स्थानियबासीको समृद्धि… पुरा पढौ

फलफूल, तरकारी र दूध उत्पादन गर्ने किसानलाई अनुदान

पर्वत । कृषि उत्पादनबाट पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले विहादी गाउँपालिकाले किसानलाई अनुदान दिन थालेको छ । व्यावसायिक रूपमा कृषि कर्म गर्ने किसानलाई प्रोत्साहनस्वरुप तरकारी, फलफूल र दूध उत्पादकका निम्ति कुल लागतको ७५ प्रतिशतसम्म अनुदान दिन थालिएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भुसालले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत भुसालका अनुसार पालिकाले ‘टनेल’मा तरकारीखेती गर्ने किसानलाई प्रतिटनेल ७५ प्रतिशत अनुदान उपलब्ध गराउने छ । पालिकाका छवटा वडामा मौसमी तथा बेमौसमी तरकारीखेती गर्ने किसानलाई प्लाष्टिक टनेल वितरण गर्न चालु आवमा रु चार लाख… पुरा पढौ

पर्वतको जलजलामा ७५ हेक्टरमा सुन्तलाजन्य फलफूल विस्तार गरिँदै

पर्वत । जलजला गाउँपालिकाको ७५ हेक्टर क्षेत्रफलमा सुन्तलाजन्य फलफूल खेती विस्तार गरिने भएको छ । जनशक्तिको अभावमा बाँझै रहेको जमिन उपभोग गर्ने उद्देश्यले जलजलाका विभिन्न वडामा रहेको खाली जमिनमा फलफूल खेती विस्तार गर्न थालिएको हो । मुख्यगरी सुन्तला र कागतीखेती विस्तार गरिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार जलजलामा ‘पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना’अन्तर्गत ६० हेक्टर क्षेत्रफलमा सुन्तला र १५ हेक्टर क्षेत्रफलमा कागतीखेतीको बगैँचा निर्माणको प्रक्रिया सुरु गरिएको छ । पहिलो चरणमा सम्भाव्यता अध्ययन गर्ने र… पुरा पढौ

बन्दीपुरका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण

दमौली । बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । उनीहरू आय बढाउन वडाले मौरीसहितका घार वितरण गरेको हो । किसानलाई ६० प्रतिशत अनुदानमा मौरीहितका घार उपलब्ध गराइएको वडाध्यक्ष धु्रवप्रसाद लामिछानेले जानकारी दिए । त्यसमा ४० प्रतिशत किसानको साझेदारी छ । स्थानीयलाई मह उत्पादनमा आकर्षित गर्दै ग्रामीणस्तरमा पोषण परिपूर्ति गर्ने उद्देश्यका साथ मौरीसहितको घार उपलब्ध गराइएको उनले बताए । वडाका हरेक किसानलाई समृद्धिसँग जोड्ने अभियानस्वरुप सहयोग गरिएको बताउँदै उनले भने, “वडाभित्रका हरेकलाई आयआर्जनसँग… पुरा पढौ

भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा

ढोरपाटन । बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँमा आलु र भाँगोबाहेक अन्य बाली निकै कम लाग्ने भएकाले गाउँका सबै आलुखेतीमा व्यस्त छन् । आलुखेतीबाटै उक्त गाउँका स्थानीयले जीविकोपार्जन गर्दै आएका छन् । भौगोलिक विकटताका कारण आलु बजारसम्म पुर्याउन पनि समस्या छ । उत्पादन भएको आलुलाई बजारीकरण गर्न सडक स्तरोन्नति हुनुपर्ने स्थानीयको माग छ । आलु र भाँगो एकै ठाउँमा उत्पादन गर्न सकिने हुँदा किसानले बढी लाभ लिएका छन्… पुरा पढौ