कृषि

एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन

ढोरपाटन । पछिल्लो समय गाउँ छोडेर सहर बजारमा बसाइँसराइ गर्नेको जमात ठूलो छ । गाउँमा भएका खेतीयोग्य भूमिमा वनमाराले समस्या हुन थालेको छ । बागलुङको धेरै ठाउँमा विकास पुगेर पनि मानिस गाउँमा रोकिन सकेका छैनन् । जिल्लाको ढोरपाटन नगरपालिका–५ अधिकारीचौर क्षेत्रमा भने स्थानीयले गाउँको परिचय दबल्दै छन् । एक दशक अगाडिसम्म अधिकारीचौर गाउँका फाँटमा धान, मकै र गहुँ फल्थे । बारीमा उत्पादन भएको खाद्यन्नले स्थानीयलाई वर्षभरी खान पुग्दैनथ्यो । प्रसस्त बारी भएर पनि उत्पादन कम हुँदा धेरैले ज्याला मजदुरी गरेर… पुरा पढौ

पशु अस्पताललाई प्रभावकारी बनाउन सरकार प्रतिबद्धता छ : मुख्यमन्त्री अधिकारी

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पशु स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । पोखरा महानगरपालिका–१२ मा पशुपन्छीको उपचारका लागि निर्मित ‘मोडेल भेटेरिनरी अस्पताल’को आज यहाँ आयोजित उद्घाटन समारोहमा मुख्यमन्त्री अधिकारीले आवश्यक स्रोतसाधन र जनशक्ति थप गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले पशुपन्छीको उपचार र कृषकको पशुधन सुरक्षाका लागि नवनिर्मित अस्पताल महत्वपूर्ण हुने बताए। हाल रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको परिसरमा भवन निर्माण गरिएको हो । कास्कीका साथै… पुरा पढौ

मौरी मर्न थालेपछि रित्तिँदै घार,किसान चिन्तामा

गलकोट । मौरीपालनबाट राम्रो आम्दानी गर्दै आएका जैमिनी नगरपालिका–१० व्याडथलाका किसान याम थापा अहिले चिन्तित छन् । २०७४ सालदेखि मौरीपालन गर्दै आएका उनको मौरीका घार रित्तिन थालेपछि व्यवसाय सङ्कटमा परेको छ । थापासँग ४२ घार मौरी थिए । राम्रो मह उत्पादन गरिरहेका मौरी अज्ञात रोगका कारण धमाधम मर्नथालेपछि अहिले घार नै रित्तिन लागेको हो । उनी केही वर्ष यता बङ्गुरपालन छोडेर मौरीपालनमा लागेका थिए । केही महिनायता मात्र ४० घार मौरी मरेपछि व्यवसाय सङ्कटमा परेको उनले बताए । छ वर्षदेखि… पुरा पढौ

बाली जोगाउन नसकेपछि पर्वतमा जमिन बाँझै,बाँदर धपाउन ३५ जना हेरालु कर्मचारी नियुक्त

पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले बाँदर धपाउन ३५ जना हेरालु कर्मचारी नियुक्त गरेको छ । अन्नबाली जोगाउन बाँदर समस्या समाधानका लागि विभिन्न उपाय अवलम्बन गरे पनि समाधान समाधान नभएपछि पालिकाका सातवटै वडामा पाँच–पाँच जनाका दरले हेरालु कर्मचारी नियुक्त गरिएका छन् । यसअघि महाशिला गाउँपालिकाले करिब रु ३० लाख लगानी गरेर बाँदर पक्रिने र निकुञ्जमा लगेर छाड्ने अभियान सञ्चालन गरेको थियो । त्यसक्रममा पाँच सयभन्दा बढी बाँदर पक्रेर चितवन राष्ट्रिय निकुञ्जमा छोड्दा पनि समस्या समाधान नभएपछि अभियान स्थगित गरियो । कुश्मा,… पुरा पढौ

पर्वतको बिहादी गाउँपालिका दूध र तरकारीमा आत्मनिर्भर

पर्वतको बिहादी गाउँपालिकाले पछिल्लो समयमा कृषि क्षेत्रमा प्रतिफल दिने गरी सक्रियता देखाएको छ । निर्वाहमुखी खेतीलाई व्यावसायिक र उत्पादनमूलक बनाउँदै गएको गाउँपालिका उत्पादन तथा प्रतिफलमा अगाडि देखिन थालेको छ । किसानलाई मागका आधारमा र सही ठाउँमा अनुदान, साझेदारी अनुदानका साथै यान्त्रिकीकरणका कारण उत्पादन बढ्न थालेको हो । गाउँपालिकाबाट अहिले दूध, तरकारी, पोखरेली जेठो बुढोको चामल निर्यात हुन थालेको छ । पालिकाका कुनै पनि वडामा बाहिरबाट तरकारी र दूध आयात नहुने बरु यामअनुसार निर्यात गर्न थालिएको छ । गाउँपालिकाले अहिले दूधमा… पुरा पढौ

याम्दी खोलामा झोलुङ्गे पुल बनेपछि आवतजावतमा सहजता

गण्डकी । पोखरा महानगरपालिका–२५ हेम्जाकी हरि पौडेल बुधबार साँझपख डोकोभरि तरकारी बोकेर याम्दी खोलाको झोलुङ्गे पुल तर्दै थिए । याम्दीपारि उपल्लो टिमिरेचौरमा रहेको खेतबाट घर फर्कने क्रममा उनले पुल बनेपछि आउजाउ सहज बनेको सुनाए । “पहिले एक घण्टा लाग्थ्यो, अहिले दश÷पन्ध्र मिनेटमा खेतमा पुगिन्छ”, पौडेलले भने, “पुल बनेपछि धेरै सुविस्ता भएको छ ।” गण्डकी प्रदेश सरकारको लगानीमा यही वर्ष उक्त झोलुङ्गे पुल बनेपछि हेम्जावासी प्रत्यक्ष लाभान्वित भएका हुन् । पुल बनेकै कारण टिमिरेचौर क्षेत्रमा खेती किसानी गर्नेको सङ्ख्या बढ्न थालेको… पुरा पढौ

म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलुखेती

गलेश्वर । म्याग्दीमा यस वर्ष नौ सय रोपनी जग्गामा व्यावसायिक रूपमा खायन जातको बर्खे आलुखेती गरिएको छ । जिल्लाका विभिन्न १३ वटा कृषक समूहका दुई सय किसानले कृषि ज्ञान केन्द्र म्याग्दीबाट रु एक करोड तीन लाख ७४ हजार पाँच सय ९४ मूल्यको आलुको बीउ खरिद गरेर व्यावसायिक रूपमा आलुखेती गरेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीका प्राविधिक सहायक नवराज भुसालका अनुसार समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्द्धन आयोजनाअन्तर्गत खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रममार्फत म्याग्दीभित्रका १३ वटा… पुरा पढौ

फलेवासका किसानलाई व्यावसायिक बनाउन ‘बिरुवा हाम्रो, फल तपाईंको कार्यक्रम’

पर्वत । किसानलाई व्यावसायिक फलफूल खेतीमा आकर्षित गर्न फलेवास नगरपालिकाले ‘बिरुवा हाम्रो, फल तपाईंको कार्यक्रम’ सुरु गरेको छ । व्यावसायिक रुपमा फलफूल खेती गर्न इच्छुक किसानलाई आवश्यकताअनुसार बिरुवा उपलब्ध गराउन नगरपालिकाले यस्तो कार्यक्रम सञ्चालन गरेको हो । नगरका ११ वटै वडाका किसानले यस कार्यक्रम अन्तर्गत हावापानी र भौगोलिक अवस्था अनुसारका फलफूलका विरुवा माग गर्न सक्ने छन् । फलेवासमा आँप, लिची, सुन्तला, कागती, जुनार, एभोकाडो, अम्बा, अङ्गुर, ड्रागन फ्रुट, केरालगायत फलफूलको उत्पादन हुँदै आएको छ । राम्रो उत्पादन हुने फलफूललाई व्यावसायिक… पुरा पढौ

बाँदरको हैरानी झेल्न नसकेर कास्कीमा ग्रामीण क्षेत्रका किसान कागतीखेतीमा

गण्डकी । कास्कीमा ग्रामीण क्षेत्रका किसान धानखेती छोडेर कागतीखेती गर्न थालेका छन् । जनशक्ति, मलखाद्, कृषि पूर्वाधारको अभावका बीच जेनतेन खेती गरे पनि बाँदरबाट जोगाउन नसकिएपछि स्थानीय किसान धानको विकल्पमा कागतीखेती गर्न थालेका हुन् । केही वर्षअघिसम्म बाँदर धपाएर बाली जोगाइए पनि पछिल्लो समय उल्टै आक्रमण गर्न थालेपछि पोखरा महानगरपालिकाका वडा नं १८, १९, २१, २२, २६, ३१, ३३ लगायतका स्थानका किसान धानखेती छोड्न बाध्य भएका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। पोखरा महानगरपालिकाको वडा नं ३३ को बरमाझथर,… पुरा पढौ

मकैमा फौजी कीरा र फलफूलमा औँसाको सङ्क्रमण

लामो समयको खडेरीपछि परेको लगातारको वर्षाका कारण म्याग्दीमा लगाइएको मकैखेती र फलफूलमा रोग तथा कीराको सङ्क्रमण देखिएको छ । खडेरीका कारण यस वर्ष गहुँ उत्पादनमा कमी आएपछि चिन्तित बनेका किसान मकै छर्ने समयमा पानी नपरेपछि उत्पादन हुने सबै ठाउँमा खेती गर्न सकेका छैनन् । खडेरीमा छरिएको मकै पानी परेपछि निकै ढिलोगरी उम्रेका र ती बिरुवामा पनि डडुवा र फौजी कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित बनेका हुन् । मालिका–६ का किसान वीरबहादुर विश्वकर्माले मकैबालीका साथै फलफूल, तरकारी र कोसेबालीमा समेत… पुरा पढौ