कृषि

तनहुँमा ‘एक घर, दश कफीका बिरुवा’ अभियान

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० ले ‘एक घर, दश कफीको बिरुवा’ रोप्ने अभियान सञ्चालन गर्न लागेको छ । आगामी आर्थिक वर्ष २०८१र ८२ को नीति तथा कार्यक्रम तर्जुमा गर्दै वडाले व्यावसायिक कफी उत्पादनलाई अभियानकै रुपमा अगाडि बढाउन लागेको हो । एक हजार एक सय ५५ घरधुरी रहेको यस वडामा यस आर्थिक वर्षमा मात्रै १० हजार कफीको बिरुवा वितरण गर्न लागिएको हो । युवासँग उपप्रमुख कार्यक्रम अन्तर्गत व्यावसायिक खेती उत्पादन कार्यक्रमबाट यस वडालाई कफीको पकेट वडाको रुपमा विकास गर्न लागिएको वडाध्यक्ष राजेन्द्र भट्टराई… पुरा पढौ

बेगनासका सूर्यप्रसाद मौरीघार उद्योग सञ्चालनबाट वार्षिक २५ लाख कमाउँछन

कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछाने मौरीपालनमा जोडिएको १८ वर्ष बित्यो । विसं २०६३ मा दस हजारको लगानीमा दुईवटा घारबाट सुरु भएको उहाँको मौरीपालन व्यवसाय अहिले ‘बेगनास मौरीघार उद्योग’का रुपमा विस्तार भएको छ । सो उद्योगबाट घारसँगै मौरी, मह र मौरीजन्य सामग्री उत्पादन तथा बिक्री हुने गरेको छ । “मौरीको स्थानीय स्रोत केन्द्रका रुपमा उद्योगलाई विकास गरेका छौँ, हालसम्म एक करोड बढी लगानी भइसकेको छ”, ४२ वर्षीय लामिछानेले भने, “उद्योगमा वार्षिक एक करोड बढीको कारोबार हुन्छ, झण्डै २४-२५ लाख जति… पुरा पढौ

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले बढेको छ । बिहीबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ । यो हालसम्मकै उच्च विन्दु हो । यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ४३ हजार तीन सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ । यसैगरि , चाँदीको मूल्य भने तोलामा रु ५० ले वृद्धि भएको छ ।… पुरा पढौ

बाख्रापालन व्यवसायबाट पोखराका सुवेदी दाम्पतीले मनग्य आम्दानी गर्दै

गण्डकी । पशुपालन व्यवसाय थोरै युवाको कम रोजाइमा पर्दछ । युवाहरु विदेशीने क्रम बढी रहेको अवस्थामा पोखराको एक दम्पती भने बाख्रापालन व्यवसायमा भविष्य देखेका छन् । पोखरा महानगरपालिका वडा नंं १६ अर्मला हिलप्वइन्टका सुरेन्द्र सुवेदी दम्पती भने यतिखेर बाख्रापालनबाट स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सबैका लागि उदाहरणीय बनेका हुन् । उनका अनुसार दश वर्षअघि १२ स्थानीय खरिजातका माहु बाख्राबाट व्यवसाय सुरु गरेका उनको अर्मला हिलप्वइन्ट बाख्रा फार्ममा अहिले साना ठूला गरेर ९० बाख्रा पुगेका छन् । वार्षिक रु पाँच… पुरा पढौ

भेडापालनबाट वार्षिक ४० लाख आम्दानी गर्दै घर्ती

गलकोट । यतिबेला भेडापालक किसान ढोरपाटनको बुकी उक्लने तरखरमा छन् । बागलुङसहित रोल्पा, रुकुम, म्याग्दी र प्युठानका भेडा चरिचरनका लागि बुकीतर्फ हिँडिरहेका छन् ।यसपटक सात सय भेडा लिएर बुकीतर्फ हिँडिरहेका रोल्पा जिल्लाको थवाङ गाउँपालिका–४ तेलखोलाका सन्तोष घर्ती भेडा चराउँदै बागलुङ आएका छन् । भेडापालनमा धेरै दुःख भएको जनाउँदै भेडा पाल्न छाड्ने क्रम बढिरहेको सन्दर्भमा घर्तीले यसबाट भएको आम्दानीले परिवार पाल्दै राम्रो शिक्षा दिन सफल भएको बताए । उनले भेडापालनमा आफू सन्तुष्ट भएको भन्दै वार्षिक रु ४० लाख आम्दानी गर्न सफल… पुरा पढौ

तनहुँको घिरिङमा व्यावसायिक अङ्गुरखेती

तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–४ बाह्रबिसेमा गत वर्षदेखि व्यावसायिक रूपमा अङ्गुरखेती थालिएको हो । घिरिङ भाइन यार्ड एण्ड रिसर्च सेन्टरले ७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती गरेकामा पहिलो वर्ष नौ हजार किलो अङ्गुर उत्पादन भएको थियो । यस वर्ष २० हजार किलो उत्पादनको लक्ष्य रहेको सेन्टरका सञ्चालक कुमार कार्कीले जानकारी दिए । उनका अनुसार स्वीट्जरल्याण्डबाट प्रतिबिरुवा रु सात सयदेखि एक हजारसम्म खरिद गरी ल्याइएको थियो । उनले भने, “पहिलो वर्षमै राम्रो उत्पादन भयो, यो वर्ष उत्पादन बढ्ने विश्वास छ ।” अङ्गुरखेतीका लागि रु… पुरा पढौ

बागलुङको रेशमा एक सय ४२ रोपनी क्षेत्रमा चियाखेती विस्तार

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा चियाखेतीका लागि क्षेत्र विस्तार गरिएको छ । बसाइँसराइले गाउँ रित्तिन थालेपछि सात वर्ष अगाडिदेखि चियाखेती सुरु गरेको थियो । विसं २०७४ मा परीक्षणका लागि १५ हजार चियाका बिरुवा लगाइएकामा अहिले बढाएर ५६ हजार लगाइएको छ । परीक्षणका गर्न लगाइएको चिया फस्टाउन थालेपछि सिङ्गो गाउँ नै खेतीतर्फ आकर्षित भएको हो । वडा कार्यालयको अग्रसरतामा सुरु गरेको चियाखेती रेशको बौर, तिङरिङलगायतका ७२ रोपनी पाखो जमिनमा विस्तार गरिएको छ । चियाखेती राम्रो हुँदै गएपछि थप ७० रोपनी… पुरा पढौ

हाते ट्र्याक्टर प्रभावकारी नभएको भन्दै गोरु पाल्दै किसान

गलकोट । सङ्घीयतापछि स्थानीय सरकारले कृषि आधुनिकीकरणका नाममा धमाधम हाते ट्र्याक्टर (मिनिटिलर) अनुदानमा वितरण गरे । गोरु पालनले दिक्क भएका किसानले राहत महसुस गर्दै हाते ट्र्याक्टरले खेतबारी जोत्न थाले । आधुनिक उपकरणको सहायताले खेतबारी जोत्दा सहज भयो, सस्तो पनि प(यो तर बिस्तारै उत्पादनमा भने ह्रास आउन थाल्यो । बागलुङ जिल्लाको गलकोट नगरपालिका-४ चमुवा फाँटमा हाते ट्र्याक्टरले धान रोप्न छोडेको दुई वर्ष भइसक्यो । गोरु पाल्न छोडेका किसानले पछिल्लो समय गोरुको महत्व बुझेर पाल्न थालेको स्थानीय रतनबहादुर सुनारले बताए । चमुवा… पुरा पढौ

दक्ष जनशक्ति उत्पादन गर्दै धौलागिरी बहुप्राविधिक शिक्षालय

पोखरा । वागलुङ्को वलेवा स्थित धौलागिरी वहुप्राविधिक शिक्षालय बाली र पशु विज्ञानका प्राविधिक जनशक्ति उत्पादन गर्न अब्बल बन्दै गईरहेको छ । तीन वर्षे डिप्लोमा अन्तरगत शिक्षालयले यि दुई विषयमा देशभरीका ४० जना विद्यार्थीलाई पढाउँदै आईरहेको छ । यहाँबाट शिक्षा प्राप्त गरेका विद्यार्थीहरुले स्थानीय तहमा कृषि तथा पशु प्राविधिक पदमा जागिर खाईरहेका छन् भने कतिपय विद्यार्थी स्वरोजगार भईरहेका छन् । ‘हाम्रो शिक्षालयका अधिकाँश उत्पादन खाली बस्नु परेको छैन ।’ शिक्षालयका प्रिन्सिपल राजन नेपाली भन्छन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको… पुरा पढौ

आठ वर्षमा पनि बनेन पर्वतको शीत भण्डार

पर्वत । पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन कोल्डस्टोर (शीत भण्डार) विगत आठ वर्षदेखि अलपत्र बनेको छ । आर्थिक वर्ष २०७३्/७४ मा रु पाँच करोडको लागतमा निर्माण सुरु भएको उक्त कोल्डस्टोरले पूर्णता पाउन नसकेको हो । बेमौसममा सुन्तला र आलुलगायत फलफूल तथा तरकारीलाई बजारमा पठाउने गरी रु पाँच करोड लागत अनुमान गरी कोल्डस्टोर निर्माणको अवधारणा ल्याइएको थियो । दुई तलाको कोल्डस्टोर निर्माण योजना तीनै तहका सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा अलपत्र बनेको शीत भण्डार निर्माण समितिका अध्यक्ष गङ्गा तिमिल्सिनाले बताए ।… पुरा पढौ