माैसम

केही स्थानमा हल्का वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतिर र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ । भारतको ओडिसा र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । हाल मधेस प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।… पुरा पढौ

गण्डकी प्रदेशमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले केही दिन मनसुनी वर्षा जारी रहने भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागको केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ… पुरा पढौ

कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी र बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो र राति ती दुई प्रदेशमा मात्र भारी वर्षाको अनुमान गरिएको छ । अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिकै रहे पनि जलवाष्पयुक्त वायु कमजोर बनेको कारण न्यूनचापीय रेखाको प्रभाव कम देखिएको छ । अहिले गण्डकीका कतिपय स्थान, कोशी, बागमती र कर्णाली प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका… पुरा पढौ

वर्षा अझै केही दिन: नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसपास रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । महाकाली नदीको जलसतह खतरा आसपास रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती तथा यसका सहायक नदीको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेका छन् । आज पाँचथर, इलाम,… पुरा पढौ

बेनी–दरबाङ सडकको ठाउँ–ठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध

म्याग्दी । शुक्रबार रातिदेखिको लगातार वर्षाका कारण बेनी–दरबाङ सडकखण्डको विभिन्न तीन स्थानमा पहिरो गएपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत, रणवाङ भिर र दरबाङ नजिकैको बाङ्गेभिरमा पहिरो गएकाले सडक अवरुद्ध भएका हो । पहिरो खसिरहेकाले सडक खुलाउने प्रयास असफल भएको प्रहरीले जनाएको छ । म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको बेनी–दरबाङ सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने हुँदा पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका तातोपानीका व्यवसायी हितबहादुर पुनले… पुरा पढौ

पहिराले उत्तरी गोरखाको झोङगाउँका १० घर जोखिममा

गोरखा । केही दिनदेखि लगातार परेको अबिरल वर्षाका कारण माथिबाट झरेको पहिराले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित झोङगाउँका १० घर जोखिममा परेका छन् । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेकोे जानकारी दिए । पहिरासँगै आएको ढुङ्गासहितको लेदो घरमा पसेर क्षति पुर्याएको उनको भनाइ छ । त्यस्तै पहिरो बगेर झोङगाउँमा स्थानीयले लगाएको फापर तथा तोरी बारीसमेत नष्ट बनाएको उनको भनाइ छ । “पहिराले नजिकै रहेको चरन क्षेत्रमा समेत क्षति पुर्याएको छ”, अध्यक्ष लामाले भने, “घर… पुरा पढौ

आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान रद्द

काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए । उनका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन् ।… पुरा पढौ

तीन दिन देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले आगामी तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसनुको न्यून चापीय रेखा नेपाल नजिकसँगै भारतको विहारको उत्तर पश्चिम भूभाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले आगामी केही दिनसम्म मनसुनको न्यून चापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना छ । जसका कारण आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा… पुरा पढौ

मनसुन थप सक्रिय: अझै केही दिन वर्षा हुने

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुई दिन वर्षाको सम्भावना रहेको छ । नेपालमा मनसुनी वायुको असरका साथै बङ्गलादेशको उत्तरीभाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीका कारण पनि बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको उत्तरतिर अवस्थित रहेकाले मनसुन सक्रिय भएको छ । “मनसुन थप सक्रिय भएको छ । वर्षा केही दिन हुने देखिन्छ तर लगातारको वर्षा भने हुने… पुरा पढौ

देशभर भारी वर्षाको सम्भावना

नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । साथै मनसुन न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उक्त मौसमी प्रणालीका कारण अहिले कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राजधानी काठमाडौँको आकाश बिहानदेखि बदली रहेको दिउँसोपख हल्का वर्षाको सम्भावना रहेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम… पुरा पढौ