तनहुँको अत्रौलीमा भारी वर्षा, सतर्क रहन आग्रह


     एभरेस्ट आवाज    
     असाेज १७ गते २०८० मा प्रकाशित




तनहुँको घिरिङ गाउँपालिका–१ अत्रौलीमा भारी वर्षा भएको छ । मङ्गलबारदेखि निरन्तर परेको वर्षाका कारण पछिल्लो २४ घण्टामा अत्रौलीमा अत्यधिक वर्षा भएको हो ।

जल तथा मौसमविज्ञ विभाग बाढी पूर्वानुमान महाशाखाले यस ठाउँमा अत्यधिक वर्षा भएपछि सतर्क रहन आग्रह गरेको छ । वर्षाका कारण नदी तथा खोलामा बहाव बढ्न सक्ने भएकाले सतर्क रहन आसपासका सर्वसाधारणलाई आग्रह गरिएको छ ।

उक्त ठाउँमा पछिल्लो २४ घण्टाको अवधिमा १४७.८ मिलिलिटर वर्षा भएको छ । यो खतराको तह मानिन्छ । विभागले आज तनहुँको बन्दीपुरस्थित मस्र्याङ्दी, दमौलीस्थित सेती नदीमा उल्लेख्य पानीको बहाव बढ्ने जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।