अन्तर्राष्ट्रिय शान्ति दिवस

अन्तर्राष्ट्रिय शान्ति दिवसमा शान्तिको अपिलसहित प्रदर्शन

अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा आज रुपन्देहीमा शान्तिको अपिलसहित प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीले ‘हिंसाको भविष्य छैन, शान्तिको विकल्प छैन’, ‘संक्रमणकालीन न्याय पीडितमैत्री र मानवअधिकारमैत्री बनाउ’, ‘मानवता विरुद्धको अपराधमा संलग्नलाई उन्मुक्ति नदेउ’, ‘सत्य निरुपण गरी पीडितलाई न्याय देउ’ लगायतका प्लेकार्डसहित अपिल गरेका थिए । प्रदर्शनपछि शान्ति समाजका निवर्तमान अध्यक्ष गोविन्द खनालले द्वन्द्वमा बाल सैन्य प्रयोग हुनुका साथै गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटना भएका प्रमाणित भइसकेकाले त्यस्ता घटनाका दोषीलाई उन्मुक्ति दिन नहुने बताए ।… पुरा पढौ