नेकपा (माओवादी केन्द्र)

माओवादीको विधान सम्मेलन फागुनमा,पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन

नेकपा (माओवादी केन्द्र)ले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज भएको केन्द्रीय पदाधिकारी बैठकले विधान सम्मेलन अगाडि स्थायी समिति र केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो । स्थायी समिति बैठक यही पुस महिनाको अन्तिममा बस्ने भएको छ । बैठकले सात सदस्यीय विधान मस्यौदा समितिसमेत गठन गरेको पार्टी सचिव गणेश साहले राससलाई जानकारी दिए । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा… पुरा पढौ