नेकपा (माओवादी केन्द्र)ले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज भएको केन्द्रीय पदाधिकारी बैठकले विधान सम्मेलन अगाडि स्थायी समिति र केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो । स्थायी समिति बैठक यही पुस महिनाको अन्तिममा बस्ने भएको छ ।
बैठकले सात सदस्यीय विधान मस्यौदा समितिसमेत गठन गरेको पार्टी सचिव गणेश साहले राससलाई जानकारी दिए । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय साह र सुरेन्द्र कार्की रहेका छन । समितिले १५ दिनभित्र विधानको मस्यौदा तयार गर्नेछ ।
बैठकले यही पुस १६ गते सबै स्थानीय तहमा जनपरिचालन गरेर पार्टी रुपान्तरण अभियानको समापन गर्ने निर्णय गरेको सचिव साहले जानकारी दिए । माओवादीले गत भदौ १६ गतेदेखि रुपान्तरण अभियान सञ्चालन गरेको थियो । बैठकले रुपान्तरण अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







