फ्रान्स

रात्रिकालीन दङ्गा नियन्त्रण गर्न फ्रान्समा ४५ हजार प्रहरी तैनाथ

रात्रिकालीन दङ्गा नियन्त्रण गर्न फ्रान्समा ४५ हजार प्रहरी तैनाथ गरिएको छ । फ्रान्सका आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले कुनै पनि किसिमका सम्भावित रात्रिकालीन दङ्गा नियन्त्रण गर्न ४५ हजार प्रहरी अधिकारीहरू तैनाथ गरिएको बताए । अल जजीराले उल्लेख गरेअनुसार अघिल्लो दिन करिब ४० हजार प्रहरी परिचालन गरिएको थियो भने शुक्रबारदेखि थप पाँच हजार प्रहरी परिचालन गरिएको छ । गोली हानेर मारिएका १७ वर्षीय नाहेल एमको मृत्युलाई लिएर देशभर विरोध प्रदर्शन भइरहेका बेला फ्रान्समा बिहीबार ४०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको थियो ।… पुरा पढौ