बागलुङ नगरपालिका

बागलुङको रायडाँडा पुग्न ४० करोडको लागतमा पक्की सडक बन्दै

बागलुङ नगरपालिकामा सबैभन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगम बन्दैछ । यसका लागि सडक पूर्वाधार विकास र विस्तारको काम भइरहेको छ । यहाँ विसं २०६० मा सडकको ट्रयाक पुगेको रायडाँडा बागलुङ बजारबाट १९ किलोमिटर टाढा रहेको छ । हाल यहाँको बस्ती–बस्तीमा सडकको ट्रयाक पुगेको छ भने रायडाँडाको वडा कार्यालयसम्म पक्की सडक पु¥याउन धमाधम स्तरोन्नतिको काम भइरहेको छ । हाल १९ किमी सडक पक्की बनाउन दुई चरणमा ठेक्कामार्फत रु ४० करोड लागतमा सडक स्तरोन्नतिको काम भइरहेको हो । अदालत—चौपारी–गौँडाकोट–तित्याङ–भकुण्डे हुँदै रायडाँडा बरेङ… पुरा पढौ

बागलुङ नगरपालिकामा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

बागलुङ नगरपालिका भित्र पछिल्लो दुई वर्षयता घरमा सुत्केरीहुनेको सङ्ख्या शून्यमा झरेको छ । नगरपालिकाले विकट गाउँसम्म स्वास्थ्य सेवाको पहुँचसँगै जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेपछि अहिले सो सफलता प्राप्त भएको हो । बागलुङ बजारमा सुविधासम्पन्न धवलागिरि अस्पताल हुँदा धेरै महिला सुत्केरी हुनका लागि अस्पातलमा आउने गरेका छन् भने गाउँ–गाउँमा भने बर्थिङ सेन्टरमा पुग्ने गर्छन् । गर्भवतीलाई स्वास्थ्य स्वयंसेविकाले घरघरमै पुगेर सचेत बनाउने गर्दै आएका छन् । अहिले हरेक गर्भवतीलाई स्वास्थ्य संस्थामै पुगेर बच्चा जन्माउनुपर्छ भन्ने चेतना बढेको नगर स्वास्थ्य शाखा प्रमुख… पुरा पढौ

सामुदायिक वनमा ‘रिचार्ज पोखरी’ निर्माण र मूल संरक्षण गरिँदै

गण्डकी प्रदेशले बागलुङ नगरपालिकाको उच्च पहाडी भेगमा ‘रिचार्ज पोखरी’ निर्माण र पानीको मुहान संरक्षण गर्ने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत ‘रिचार्ज पोखरी’ र पानीको मुहान संरक्षण गर्न थालिएको हो । सुरुमा बागलुङ नगरपालिका–११ रायडाँडा हलहले क्षेत्रमा रहेको पानीको मुहान संरक्षण गरिने भएको छ । यस क्षेत्रमा खानेपानीको अभाव हुँदा घण्टौँ टाढाबाट पानी लिएर उपभोग गर्नुपरेको स्थानीय रणबहादुर थापाले बताए । हलहले क्षेत्र नजिकै बौद्ध गुम्बा रहेको र त्यहाँ पर्यटक आउँदा पिउनका लागि पानी अभाव रहेको भन्दै… पुरा पढौ

बागलुङ नगरपालिकामा ‘नगर छोरी’ कार्यक्रम

बागलुङ नगरपालिकाले ‘नगर छोरी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । शुक्रबार तेह्रौँ नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख वसन्तकुमार श्रेष्ठले ‘नगर छोरी’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका हुन् । यस कार्यक्रमअन्तर्गत छोरी जन्मिएपछि छोरीका नाममा नगरपालिकाले रु पाँच हजारको मुद्दती खाता खोली उक्त खातामा सम्भव हुने अभिभावकलेसमेत रकम थप गर्न पाउने गरी नगर छोरी कार्यक्रम सञ्चालन गर्न लागिएको हो । बैंकसँग सम्झौता गरी उक्त खातामा चक्रियरुपमा उच्चतम ब्याज प्राप्त हुने र उक्त खाताको रकम कम्तीमा २०… पुरा पढौ

बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको पहिचान खुल्यो

बागलुङमा आज बिहान जीप दुर्घटना हुँदा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ । जिल्लाको गलकोटदेखि बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको थियो । दुर्घटनामा जीप चालक पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाका २९ वर्षीय राजेन्द्र माझी र जीपमा सवार जैमिनी नगरपालिका–१० राङ्खानीका ३६ वर्षीया दुर्गा पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए । उनका अनुसार दुवैको घटनास्थलमै मृत्यु भएको थियो । जीप मध्यपहाडी लोकमार्गदेखि पाँच सय… पुरा पढौ

स्रोत अभाव र दायित्वबीच बजेट ल्याउँदै बागलुङका स्थानीय तह

सङ्घ र प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि पठाएको बजेट सिलिङअनुसार बागलुङ नगरपालिका अझै रु १५ करोड पाउन बाँकी छ । समानीकरण अनुदान र राजस्व बाँडफाँट शीर्षकमा सिलिङअनुसार नगरले बजेट भुक्तानी पाएको छैन । चालु आर्थिक वर्षको सिलिङअनुसार आन्तरिक स्रोतसमेत समावेश गरेर पालिकाहरूले गत वर्ष बजेट ल्याए । गाउँगाउँमै पुगेर योजनाका सम्झौता गरिए । तर काम सम्पन्न भएका योजनामा भुक्तानी दिने बेला रु ९६ करोड सिलिङ पाएको नगरले रु ७९ करोडमात्र भुक्तानी पायो । सङ्घ र प्रदेशले स्रोतको अभाव देखाउँदै… पुरा पढौ

शिक्षाको गुणस्तर बढाउन ‘अतिथि शिक्षक’

बागलुङ नगरपालिकाले शिक्षाको गुणस्तर बढाउने उद्देश्यले अतिथि शिक्षक कार्यक्रम लागू गरेको छ । विद्यालयबीच शिक्षण पद्धति र सिकाइको अनुभव आदनप्रदान गर्ने उद्देश्यले अतिथि शिक्षक कार्यक्रम ल्याइएको हो । जस अन्तर्गत नगरपालिकाले एक विद्यालयका शिक्षकलाई अर्को विद्यालयमा अतिथि शिक्षकका रुपमा पठाउने गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा चार विषयका शिक्षकलाई अतिथि शिक्षकका रुपमा नियुक्ति गरी विद्यालय पठाएको नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले बताए । नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकलाई अतिथि शिक्षकका रुपमा अर्को विद्यालयमा पठाउने गरेको छ ।… पुरा पढौ

बागलुङमा सुविधा सम्पन्न वृद्धाश्रम निर्माण

बागलुङ नगरपालिका–४ स्थित निरयघाटमा अत्याधुनिक वृद्धाश्रम निर्माण सम्पन्न गरिएको छ । निर्माणाधीन मानवसेवा आश्रम भवन नजिकै सुविधा सम्पन्न वृद्धाश्रम निर्माण सम्पन्न गरिएको हो । नगरपालिकाको समन्वय तथा राष्ट्रिय योजना आयोगको सिफारिसमा अर्थ मन्त्रालयको विशेष अनुदानमा वृद्धाश्रम निर्माण गरिएको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए । नगरपालिका र जुम्ली निर्माण सेवाबीच रु दुई करोड ५७ लाख ९० हजारमा ठेक्का सम्झौता गरेर भवन निर्माण सम्पन भइसकेको छ । नगरपालिकाले हेला होचोमा परेका वृद्धवृद्धा, परिवारका सदस्यबाट बहिष्कारमा परेका, स्याहारसुसार नपाएकालाई घरमा जस्तै सेवा… पुरा पढौ