मनाङ

मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै

घुम्न लायक स्थानका रूपमा विश्वसामु परिचित मनाङमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । स्वदेशी पर्यटकको तथ्याङ्क नराखिए पनि बाह्य पर्यटकको अभिलेखीकरण अनुसार वार्षिक रूपमा यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो । विश्वको जोखिमयुक्त भनेर पहिचान गरिएको अन्नपूर्ण पदमार्ग यात्रामा आउने विदेशी पर्यटकको रोजाइमा मनाङ प्राथमिकतामा पर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाईले जनाएको छ । सन् २०२४ मा मनाङमा ३० हजार आठ सय ६६ पर्यटक भित्रिएका छन् । एक वर्षमा १८ हजार चार सय ९९… पुरा पढौ

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ । विसं २०८० मा २१ हजार चार सय ९५ पर्यटक भित्रिएका अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाले जनाएको छ । वैशाखदेखि चैत मसान्तसम्ममा सो सङ्ख्यामा विदेशी पर्यटक भित्रिएका हुन् । तीमध्ये फ्रान्सका नागरिक बढी आगमन भएको तथ्याङ्कमा उल्लेख छ । मनाङ फ्रान्सका नागरिकको रोजाइमा पर्ने गरेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनका… पुरा पढौ

हिँउ माथि सर्न थालेपछि चिन्तित बन्दै मनाङबासी

नदी किनारै किनार सुन्दरता थप्दै हाँसिरहेको हिमाल र अग्ला पहाडका चुचुरा हेर्दै उकालो चढ्ने क्रमसँगै स्वर्गीय आनन्द लिन पाइन्छ मनाङमा जसबाट प्राकृतिक सौन्दर्यताको पूर्ण रुपमा अनुभूति गर्न सकिन्छ । हिमालबाट आएको मस्र्याङ्दी नदीको सङ्लो, कञ्चन अनि सफा पानी र स्वच्छ हावाको महसुस गर्दै प्राकृतिक सुन्दरताको भरपुर रसास्वादन गर्न पाइने क्षेत्र पनि हो मनाङ । यस स्वर्गीय आनन्दको क्षेत्रमा पुग्न विदेशी मात्रै नभई नेपाली पनि उत्तिकै आतुर हुने गर्छन् । कैयौँ मानिस यस क्षेत्रमा पुग्न लालायित हुने गरेका छन् । प्रकृतिसँग… पुरा पढौ

प्रकृतिको कृडाभूमि मनाङको स्वरुप फेरिँदै

हिमालबाट आएको मस्र्याङ्दी नदीको सङ्लो र कञ्चन पानी तथा स्वच्छ हावाको महसुस गर्दै प्राकृतिक सुन्दरताको भरपुर मनोरञ्जन लिन पाइने क्षेत्र हो मनाङ । सहरको कोलाहलबाट टाढिएर प्रकृतिमा रमाउन चाहनेका लागि नदी किनारका साथै हिमाल हाँसेको जस्तो आभास दिने एवं अग्ला पहाडका चुचुरा हेर्दै उकालो चढ्दै जाँदा स्वर्गमै पुकेको जस्तो अनुभूति हुन्छ । यस क्षेत्रको भ्रमण गर्न विदेशी मात्रै नभई नेपाली पर्यटक पनि उत्सुक हुँदै आएका छन् । कञ्चन पानी बगिरहेको यस नदी किनारका साथै यहाँको वातावरणले प्रकृतिको काखमा विश्राम गरेजस्तो… पुरा पढौ

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक

कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार आठ सयभन्दा बढी बाह्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म २० हजार आठ सय छ विदेशी पर्यटक भित्रिएको प्रमुख भुजेलले बताए । उनका अनुसार अक्टोबर महिनाम सबैभन्दा बढी पाँच हजार एक सय ९८ पर्यटक भित्रिएका छन् । साथै सन् २०२३ को जनवरीमा एक सय ८४, फेब्रुअरीमा चार सय… पुरा पढौ

मनाङमा अस्पताल निर्माण गर्न जग्गा दान

‘एउटा स्थानीय तह, एउटा अस्पताल’अन्तर्गत हिमाली जिल्ला मनाङमा अस्पताल निर्माण गरिने भएको छ । नासो गाउँपालिकामा अस्पताल निर्माणका लागि स्थानीय डा. देवीजङ्ग गुरुङले जग्गा दान गरेका छन । गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङको समन्वयमा उनले जग्गा दान गरेका हुन । नासो–५ थोचेस्थित ‘हिमालयन फ्यामली हेल्थकेयर’को स्वामित्वमा रहेको उक्त जग्गा अस्पताल निर्माणका लागि पालिकालाई दिएको अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार छ रोपनी ११ आना जग्गामध्ये पाँच रोपनी अस्पताल निर्माण गर्न पालिकालाई दान गरिएको छ । मनाङमा जन्मिएर अमेरिकामा बस्दै आउनुभएका… पुरा पढौ

६ महिनामा ९ हजार सातसय बढी पर्यटक भित्रिए: मनाङ

हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ । भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ । यस वर्षको वैशाखदेखि असोज मसान्तसम्म कूल नौ हजार सात सय ५२ बाह्य पर्यटक भित्रिएका जिल्लास्थित अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप)ले जनाएको छ । यहाँ आउने पर्यटकले अन्नपूर्ण पदमार्ग र नार्पाभूमिस्थित लार्केपास दवै क्षेत्रको भ्रमण गर्ने गरेका एक्यापका प्रमुख ढकबहादुर भुजेलले बताए । उनका अनुसार आन्तरिक तथा बाह्य गरी नौ दुई सय २८ पर्यटकले अन्नपूर्ण पदमार्गको भ्रमण गरेका… पुरा पढौ

पर्यटकको आकर्षण केन्द्र बन्दै मनाङ

नेपालीहरुमा अहिले भ्रमण गर्ने प्रचलन बढ्दै गएको छ । यसले गर्दा पर्यटकीय स्थलको खोज, अनुसन्धान र स्थानीय पर्यटकीय क्षेत्रको पनि प्रवर्द्धन हुने गरेको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हिमाली जिल्लामा पर्यटक आउने क्रम अझै बढ्दो छ । मनाङका विभिन्न स्थान नै प्राकृतिक छटाले भरिपूर्ण भएकाले यहाँ आउने पर्यटक बढ्दै गएको स्थानीय बताउँछन् । विगतमा बाह्य पर्यटक बढी आउने यस स्थानमा हाल आन्तरिक पर्यटकको पनि आगमन हुने गरेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना कार्यालय (एक्याप) मनाङले जनाएको छ । सो कार्यालयका अनुसार… पुरा पढौ

मनाङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

मनाङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यहाँका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । स्वास्थ्य कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख सुरेन्द्र गुरुङले मनाङलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेका हुन् । प्रत्येक घरघरमा पुगेर पूर्ण खोप लगाएको तथ्याङ्क सङ्कलनपश्चात् जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लाका आठ हजार आठ सय २१ जनाको… पुरा पढौ

अनुदानमा स्याउका बिरुवा वितरण

कृषकलाई अनुदानमा स्याउका बिरुवा वितरण गरिएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेश पोखराबाट कृषि ज्ञान केन्द्र मनाङमार्फत ७५ प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण गरिएको हो । निर्देशनालयले मनाङमा चालु आर्थिक वर्षमा १३ हजार पाँच सय ४० बिरुवा वितरण गरेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख राजेश्वर सिलवालले जानकारी दिए । उनका अनुसार कार्यालयले उच्च घनत्व (हाइडेन्सिटी) प्रविधिमा आधारित स्याउका बिरुवा वितरण गरिएको छ । कृषकलाई जोनाप्रिन्स चार हजार पाँच सय ५०, गाला चार हजार पाँच सय ३०, फुजी दुई हजार… पुरा पढौ