गोरखा जिल्लाभित्र विभिन्न प्रकारका हिंसामा परेका महिलाको उद्धार गरी मनोसामाजिक परामर्ससहित निःशुल्क उपचार सेवा प्रदान गरिएको छ । गोरखा अस्पतालमा आइपुगेका हिंसा पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमार्फत अस्पतालले आवश्यक निःशुल्क उपचार तथा परामर्श सेवा प्रदान गर्दै आएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा हरिकुमार श्रेष्ठले हिंसापीडित व्यक्तिलाई मनोसामाजिक परामर्शसहित स्वास्थ्य सेवा प्रदान भइरहेको बताए । उनले भने, “गत एकवर्षमा अस्पतालले ३६ हिंसापीडित महिलालाई एकद्वार गरी उपचार सेवा प्रदान गरिएको छ ।” केन्द्रमार्फत पीडितहरुको वास्तविक समस्या बुझेर पीडितको जीवनको सुरक्षा…
पुरा पढौ