माछाका भुरा

माछाका भुरा उत्पादनमा गण्डकी प्रदेश छैन आत्मनिर्भर

ह्याचरी फार्मका लागि पूर्वाधार नहुँदा गण्डकी प्रदेश माछाका भुराको उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । मत्स्य अनुसन्धान केन्द्रका अनुसार मागको ५५ प्रतिशत भुरा मात्र प्रदेशभित्र उत्पादन हुन्छ । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत पोखराको बेगनासमा रहेको सो केन्द्रमा मात्र माछाको ह्याचरी छ । “प्रदेशमा अन्यत्र माछाको स्रोत केन्द्र विस्तार हुन सकेन, निजी क्षेत्रबाट पनि ह्याचरीमा अहिलेसम्म लगानी भएको छैन”, केन्द्रका प्रमुख मोहम्मद इकवाल हुसेनले भने, “झण्डै ४५ प्रतिशत माछाका भुरा बाहिरैबाट आउँछ ।” किसानले चितवन, रुपन्देहीलगायत जिल्लाबाट भुरा ल्याएर माछापालन गर्दै… पुरा पढौ