रुपा गाउँपालिका

रुपा गाउँपालिकाको न्यायिक समितिमा ९५ मुद्दा

रुपा गाउँपालिकामा ९५ वटा मुद्दा दर्ता भएका छन् । यो सङ्ख्या पालिका स्थापना भएदेखि हालसम्मको हो ।नेपालको संविधानको धारा २१७ मा आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण पालिकाले गर्नसक्ने व्यवस्था छ । रुपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङका अनुसार पालिकामा आर्थिक वर्ष २०७४-०७५ मा छवटा, आव २०७५-०७६ मा १३ वटा, आव ०७६-७७ मा २२ वटा, आव ०७७-७८ मा २५ वटा, आव ०७८-०७९ मा आठ वटा, आव ०७९-८० मा १२ वटा र आव ०८०-८१ मा नौवटा मुद्दा दर्ता भएका छन् । न्यायिक समितिमा… पुरा पढौ

कास्कीको रुपा गाउँपालिकाः अनुदान उत्पादनमा प्रेरक

कास्कीको रुपा गाउँपालिका–५ देउरालीकी खोमाया गुरुङ यतिखेर बाख्रापालन गरिरहेकी छिन् । विगतमा परम्परागत खोरमा बाख्रा पाल्नुभएकी उनले अहिले आधुनिक खोर निर्माण गरेकी छिन् । दश बाख्राबाट सुरु गरेकी उनले खोरमा हाल २४ बाख्रा भइसकेका छन् । गएको दशैँमा घरमा मासुको व्यवस्थासँगै पाँच पाठा बेचेर अन्य खर्च एवं बैंकको किस्ता तिरेको गुरुङ बताउछिन् । विगतमा बाँदरका कारण अन्य खेती गर्न नसकेका अवस्थामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ‘नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआइपी)’बाट प्रदान गरिएको अनुदान सहयोगले यतिखेर गुरुङजस्तै गाउँका… पुरा पढौ

श्री गाउँफर्क आधारभूत विध्यालयमा शैक्षिक सामग्री वितरण

सिद्धार्थ क्लब पोखराको आयोजनामा रुपा गाउँपालिका ५ देउरालीफेदी स्थित श्री गाउँफर्क आधारभूत विध्यालयमा रुपा गाउँपालिका वडा नं ५ का वडा सदस्य श्री मिना कुवर ज्यूको प्रमुख आतिथ्यतामा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि मिना कुवर ज्यूले क्लबले गर्दै आएको सहयोगले अभिभावकहरुमा विद्यार्थीको पठन पाठन तथा विद्यालय नियमित पठाउन उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै विद्यालयलाइ वडा कार्यालय बाट पनि सहयोग गरिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष प्रमोद नारायण श्रेष्ठले क्लबको सहयोग… पुरा पढौ