रुपा गाउँपालिकाको न्यायिक समितिमा ९५ मुद्दा


     एभरेस्ट आवाज    
     वैशाख १९ गते २०८२ मा प्रकाशित




रुपा गाउँपालिकामा ९५ वटा मुद्दा दर्ता भएका छन् । यो सङ्ख्या पालिका स्थापना भएदेखि हालसम्मको हो ।
नेपालको संविधानको धारा २१७ मा आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण पालिकाले गर्नसक्ने व्यवस्था छ ।

रुपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङका अनुसार पालिकामा आर्थिक वर्ष २०७४-०७५ मा छवटा, आव २०७५-०७६ मा १३ वटा, आव ०७६-७७ मा २२ वटा, आव ०७७-७८ मा २५ वटा, आव ०७८-०७९ मा आठ वटा, आव ०७९-८० मा १२ वटा र आव ०८०-८१ मा नौवटा मुद्दा दर्ता भएका छन् ।

न्यायिक समितिमा सबैभन्दा बढी जग्गा भोगचलनसम्बन्धी ४६ वटा र सम्बन्धविच्छेदका २१ वटा मुद्दाका साथै ज्याला, गाली बेइज्जतीसम्बन्धी मुद्दा छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।