लेखनाथ महोत्सव

लेखनाथ महोत्सव पुस १८ गतेदेखी माघ १ गतेसम्म हुने

पोखराको लेखनाथमा आगामी पुस १८ गतेदेखि माघ १ गतेसम्म लेखनाथ महोत्सव हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने २० औं संस्करणको महोत्सवको मुख्य प्रायोजन राष्ट्रिय वाणिज्य बैंकले गर्ने लेखनाथमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन, विकास र समृद्धी’ भन्ने मूल उद्घोषका साथ हुने महोत्सवमा ३३६ स्टल रहने जनाइएको छ । जसमा अटो प्रदर्शनीका ६, शैक्षिक-ग्रामिण प्रविधि १२, कृषिका ३६, किचन सामग्रीका २५, मेसिनरीका १०, हस्तकलाका १६, गार्मेन्ट तथा रेडिमेड १०८,… पुरा पढौ

लेखनाथ महोत्सवमा दर्शकको मन लोभ्याउँदै कवि शिरोमणिको जन्मघर

डाँडाकोनाकस्थित लेखनाथ महोत्सवस्थलको मुख्य मञ्च दक्षिणतर्फ छेउमा सानो खरले छाएको झुपडी । रातो माटाले पोतिएको जस्तै झुपडीमा खोटो लगाएर कालो चिटिक्क सजिएको ढोका, नजिकै आँखी झ्याल । पिँढीमा बसेर सेतै फुलेका कवि शिरोमणि लेखनाथ पौड्याल हातमा पुस्तक लिएर केही पढ्न लागेजस्तो देखिन्छ । तल आगन्तुकका लागि परालको गुन्द्री पनि राखिएको छ । गुन्द्रीमा बसेर फोटो खिचाउनेको दिनैभरि भीड लागिरहेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराका साथ लेखनाथको डाँडाको नाकमा सञ्चालित १९औँ संस्करणको लेखनाथ महोत्सवमा… पुरा पढौ