लेखनाथ महोत्सव पुस १८ गतेदेखी माघ १ गतेसम्म हुने


     एभरेस्ट आवाज    
     मंसिर १७ गते २०८१ मा प्रकाशित




पोखराको लेखनाथमा आगामी पुस १८ गतेदेखि माघ १ गतेसम्म लेखनाथ महोत्सव हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने २० औं संस्करणको महोत्सवको मुख्य प्रायोजन राष्ट्रिय वाणिज्य बैंकले गर्ने लेखनाथमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन, विकास र समृद्धी’ भन्ने मूल उद्घोषका साथ हुने महोत्सवमा ३३६ स्टल रहने जनाइएको छ । जसमा अटो प्रदर्शनीका ६, शैक्षिक-ग्रामिण प्रविधि १२, कृषिका ३६, किचन सामग्रीका २५, मेसिनरीका १०, हस्तकलाका १६, गार्मेन्ट तथा रेडिमेड १०८, जनरल २६, फुड एण्ड बेभरेज प्रदर्शनी १६, डेरी प्रदर्शनी ९, नेपाली उत्पादन प्रदर्शनी २२, खानाका १७, बैंक तथा वित्तिय संघसंस्था तथा प्रायोजक अन्तर्गत ३३ स्टल रहनेछन् । संघका सदस्यहरुलाई विशेष प्राथमिकतामा राखी स्टल बुकिङ सोमबार देखि नै खुल्लागरिएको छ भने अन्य व्यवसायीहरुका लागि मंसिर २४ गते देखि बुकिङ खुल्ला गरिने संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।

स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवद्र्धन, हस्त कलाका वस्तुहरुकोे बजार प्रवद्र्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, र प्रविधि हस्तान्तरण, उद्यमशिलता, सृजनशिलतामा जोड, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित वस्तु तथा सेवाहरुको प्रदर्शनी, जातिय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जर्गेना, नव प्रतिभा प्रस्फुटन साथै आन्तरिक एवं वाह्यपर्यटक प्रवद्र्धन गरिने संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवम् खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने खाद्यान्नहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रविधि तथा सञ्चारका उपकरणहरु, लेखनाथ क्षेत्रकागतिविधिहरु, फुड फेस्टिभल, अटोमोवाइललगायतको प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी प्रर्दशनी, कफी, ताजा तरकारी, जैविकविविधता, दुग्धजन्य उत्पादनलगायतको विक्रि एवम् प्रदर्शनी गरिने संघकी महासचिव एवम् महोत्सव प्रचारप्रसार उपसमिचि संयोजक जानुका पराजुलीले बताईन् ।

उनका अनुसार महोत्सवको थप आकर्षणका रुपमा यस वर्ष एशियाका ज्योतिको रुपमा चिनिने शान्तिकादुत गौतम बुद्धको प्रतिमा, नव प्रतिभा खोजी अन्तर्गत खुल्ला युगल जोडी नृत्य प्रतियोगिता, महोत्सवमा पहिलो पटक महिलाहरुको क्षमता अभिबृद्धिका लागिःमहिला समुहहरु बीच हाजिरी जवाफ प्रतियोगितापनि आयोजना गरिनेछ ।

महोत्सवमा जातजातिको रितिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकी र्याली प्रदर्शनी, महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गीत कार्यक्रम, शैक्षिक प्रदर्शनीहरु, विद्यालय स्तरीय कार्यक्रम, विद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगिता, सुगम संगीततर्फ पप कन्सर्ट र लाइभ व्याण्ड, राष्ट्रिय स्तरका चर्चित कलाकारहरुबाट लोकदोहोरी तथा स्टेज सो (हास्यव्यङ्ग्य) कार्यक्रम, बालउद्यान, खाना महोत्सवलाई यस वर्षपनि निरन्तरता दिईने दिइने उनले जानकारी दिईन् ।

महोत्सवको बचतवाट प्रदर्शनी स्थल र औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवम् सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास लगायत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जनाएको छ ।

संघका बरिष्ठ उपाध्यक्ष एवम् महोत्सवका सह–संयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सवलाई स्थानीयले चाड पर्वको रुपमा लिंदै आएको र उत्पादक र उपभोक्ताहरुलाई एकै ठाँउमा भेला गरी आर्थिक चलायमान गराउन महत्वपुर्ण भुमिका खेलेको दाबी गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।