शिक्षा

लुम्बिनी विकास बैंकद्वारा सिद्ध माविलाई पिउने पानी ट्याङ्की सहयोग

लुम्बिनी विकास बैंकले पोखरा महानगरपालिका वडा न:-१५ स्थित सिद्ध माविलाई ३ वटा स्टिल ट्याङ्की सहयोग प्रदान गरेको छ। संस्थाको स्थापना दिवसको सन्दर्भमा सामाजिक उत्तर दायित्व अन्तर्गत सामुदायिक विद्यालयमा बालबालिकालाई पिउने पानीमा सुविधा पुगोस् ट्याङ्की प्रदान गरिएको लुम्बिनी विकास बैंकका संचालक समिति सदस्य रामचन्द्र सिग्देलले बताए ।सिग्देलले ट्याङ्की हस्तान्तरण गर्दै लुम्बिनी विकास बैंक (निरन्तर सहयात्रा) कार्यक्रम अन्तर्गत शिक्षाको पवित्र मन्दिरमा बैंकको स्थापना दिवस पारेर बैंकले विद्यालयमा सहयोग गर्न पाउँदा बैंक परिवारलाई अत्यन्तै खुसी लागेको बताए । साथै सिग्देलले संस्थाले आगामी वर्षहरुमा… पुरा पढौ

निजी छोडेर सामुदायिक विद्यालयमा

बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयमा यही शैक्षिकसत्रमा पर्वतको कुश्मा बजारको निजी विद्यालय छोडेर पाँच विद्यार्थी भर्ना भए । यसअघि कुश्माकै निजी विद्यालयमा अध्ययन गर्न छोडेर गणेश माध्यमिक विद्यालयमा आएर अध्ययन गर्ने विद्यार्थी तीन थिए । पछिल्लो समय गाउँका विद्यार्थीको आकर्षण सहरका निजी विद्यालयमा भए पनि यहाँ कुश्माबाट बागलुङको गणेश माध्यमिक विद्यालयमा आएर अध्ययन गर्ने सङ्ख्या आठ पुगेको छ । “गणेश माध्यमिक विद्यालयमा अहिले सात सय ६५ विद्यार्थी अध्ययनरत छन्, विद्यालयमा सुधार हुँदै गएपछि बलेवाका तीन निजी विद्यालय बन्द भएको… पुरा पढौ

बाली विज्ञान पढ्ने विद्यार्थीलाई गाउँपालिकाको अनुदान

सामुदायिक शिक्षालाई गुणस्तरीय, प्रविधियुक्त र युग अनुकूलको शिक्षाका रूपमा विकास गर्ने अभियान सञ्चालन गरेको जलजला गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि अनुदान दिने भएको छ । गाउँपालिकामै सञ्चालित बाली विज्ञान पढ्ने विद्यार्थीका लागि बार्षिक रु ३६ हजार सहयोग गर्ने निर्णय गरेको हो । गाउँपालिकाको मङ्गलबारको बैठकले जलजला गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरी आधारभूत तह कक्षा ८ उत्तीर्ण गरी कक्षा ९ मा ग्रामप्रकाश मावि जलजला–५ लेकफाँटमा प्राविधिक धारतर्फ (बाली विज्ञान) विषयमा अध्ययन गर्ने विद्यार्थीलाई मात्रै उक्त सुविधा दिने भएको गाउँपालिकाका… पुरा पढौ

अभिभावकविहीनको शैक्षिक निरन्तरताका लागि कक्षा वृद्धि

तनहुँको व्यास नगरपालिकाले आन्तरिक आयबाट सञ्चालन गरिरहेको व्यास नगर समता विद्यालयको कक्षा वृद्धि गर्ने भएको छ । अभिभावकविहीन बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने उद्देश्यले सञ्चालन गरिएको विद्यालयमा अध्ययनरत बालबालिकाको कक्षा वृद्धि गर्दै लैजाने भएको हो । बालबालिकाको कक्षा ग्रेड वृद्धि हुने क्रममा अन्यत्र गएर पठनपाठन गर्ने अवस्था नहुँदा बञ्चित हुनुपर्ने अवस्थालाई मध्यनजर गरी कक्षा बढाउँदै लैजाने निर्णय गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । “सुरुआतमा नै कक्षा ५ सम्म सञ्चालन गरेका थियौँ, त्यसपछि अभिभावकविहीन बालबालिका थप अध्ययनका लागि कहाँ… पुरा पढौ

शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले विगतदेखि नै थाती रहेका केही विषयमा सरकारले स्पष्ट दृष्टिकोणका साथ निर्णय गर्ने बताए । प्रधानमन्त्री दाहालले शिक्षकका समस्याका बारेमा आफू जानकार रहेकाले सम्बोधनको पहल गर्ने बताएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले जानकारी दिए । उनका अनुसार महासङ्घले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न, सङ्घीय शिक्षा ऐन तत्काल… पुरा पढौ

मनाङका विद्यालयमा पुस्तक पु¥याउनै सकस

हिमाली जिल्ला मनाङ विकट क्षेत्र भएकाले यहाँका बालबालिकालाई शिक्षा आर्जन गर्न सकस पर्ने गर्दछ । विस्तारै शिक्षाको पहुँच पुगेको मनाङका विकट स्थानमा पुस्तक पुग्नै समय लाग्छ ।विद्यालयमा पुस्तक पु¥याउन पुस्तक पसलमार्फत टेण्डरमा ल्याउनुपर्ने भएकाले अझ पुस्तक ढिला गरी आउन थालेको छ । विद्यालयले ल्याउने गरेको अवस्थामा केही छिटो पुस्तक विद्यालय र विद्यार्थीको हातमा पुग्ने गरे पनि टेण्डरका कारण ढिला हुने गरेको अभिभावक बताउँछन् । पुस्तक ल्याउने डिपो जिल्लामा नहुँदा पनि अझ समस्या भएको अभिभावकको भनाइ छ । विद्यालयमा पुस्तक आउँदा… पुरा पढौ