लुम्बिनी विकास बैंकले पोखरा महानगरपालिका वडा न:-१५ स्थित सिद्ध माविलाई ३ वटा स्टिल ट्याङ्की सहयोग प्रदान गरेको छ।
संस्थाको स्थापना दिवसको सन्दर्भमा सामाजिक उत्तर दायित्व अन्तर्गत सामुदायिक विद्यालयमा बालबालिकालाई पिउने पानीमा सुविधा पुगोस् ट्याङ्की प्रदान गरिएको लुम्बिनी विकास बैंकका संचालक समिति सदस्य रामचन्द्र सिग्देलले बताए ।सिग्देलले ट्याङ्की हस्तान्तरण गर्दै लुम्बिनी विकास बैंक (निरन्तर सहयात्रा) कार्यक्रम अन्तर्गत शिक्षाको पवित्र मन्दिरमा बैंकको स्थापना दिवस पारेर बैंकले विद्यालयमा सहयोग गर्न पाउँदा बैंक परिवारलाई अत्यन्तै खुसी लागेको बताए । साथै सिग्देलले संस्थाले आगामी वर्षहरुमा पनि सहकार्य गर्ने वचन पनि दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले शैक्षिक गुणस्तरको महत्त्वपूर्ण पाटो भौतिक संरचना पनि भएकाले यसमा हातेमालो गर्ने संस्था लुम्बिनी विकास बैङ्कलाई धन्यवाद दिए ।उनले पोनपा वडा नं. १५ को एक मात्र सामुदायिक विद्यालयको स्तरोन्नतिमा वडावासीले पनि नैतिक, भौतिक रुपमा सहकार्य गर्नुपर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रममा लुम्बिनी विकास बैंकका पूर्व अध्यक्ष सुशीलराज पराजुली, लुम्बिनी विकास बैंकका सिनियर म्यानेजर भेषराज गौतम सञ्चालक समिति सदस्य रामचन्द्र सिग्देल, बैंकका विभिन्न शाखाका मेनेजरहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षकहरुको उपस्थिति रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समुदायको बिकास सहभागिता उदेश्य राखी स्थापना भएको सराङकाेट बहुउद्देश्यीय सहकारी संस्था को…







