नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ। सोमबार प्रतितोला तीन सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यसैगरी, आज मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।
पुरा पढौ