नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ।
सोमबार प्रतितोला तीन सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यसैगरी, आज मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







