कर्म-कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार

कर्म-कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार अग्रज पत्रकार सारु मगरलाई

पोखरा । बर्ष २०८१ को “कर्म-कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार” अग्रज पत्रकार खेम सारु मगरलाई प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ कास्कीका अध्यक्ष पञ्चसुब्बा (दिलप्रसाद) गुरुङको अध्यक्षता तथा संघिय सल्लाहकार हुमबहादुर तमुको बिशेष उपस्थितिमा सोमबार पोखरा नयाँबजार स्थित तमु धिंमा बसेको बैठकले छनौट समितिको सिफारिस अनुमोदन गरिएको हो । अग्रज पत्रकार दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा सदस्यहरु शान्ति गुरुङ, हुमबहादुर तमु, उदयबहादुर अमात्य, पञ्चसुब्बा (दिलप्रसाद गुरुङ) र शुशील श्रेष्ठ रहेको पाँच सदस्यीय छनौट समितिले मगरलाई सिफारिस गरेको थियो… पुरा पढौ