कर्म-कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार अग्रज पत्रकार सारु मगरलाई


     एभरेस्ट आवाज    
     असार २६ गते २०८१ मा प्रकाशित




पोखरा । बर्ष २०८१ को “कर्म-कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार” अग्रज पत्रकार खेम सारु मगरलाई प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ कास्कीका अध्यक्ष पञ्चसुब्बा (दिलप्रसाद) गुरुङको अध्यक्षता तथा संघिय सल्लाहकार हुमबहादुर तमुको बिशेष उपस्थितिमा सोमबार पोखरा नयाँबजार स्थित तमु धिंमा बसेको बैठकले छनौट समितिको सिफारिस अनुमोदन गरिएको हो ।

अग्रज पत्रकार दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा सदस्यहरु शान्ति गुरुङ, हुमबहादुर तमु, उदयबहादुर अमात्य, पञ्चसुब्बा (दिलप्रसाद गुरुङ) र शुशील श्रेष्ठ रहेको पाँच सदस्यीय छनौट समितिले मगरलाई सिफारिस गरेको थियो ।

पाल्पा घर भइ हाल पोखरा बस्दै आएका पत्रकार मगर लामो समय देखि रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र मालेपाटन पोखरामा आबद्ध छन् । तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म तमुको वैवाहिक बर्षगांठको अबसरमा असार २९ गतेका दिन उक्त पुरस्कार प्रदान गरिदै आएको छ । संस्थापक अध्यक्ष तमुले स्थापना गरेको पुरस्कार आदिवासी जनजाती पत्रकार महासंघ कास्कीले संचालन गर्दै आएको महासंघका अध्यक्ष पन्चसुब्बा गुरुङले जानकारी दिए । यस अघि पत्रकारहरु रिता गुरुङ, तिलक पुन मगर, हर्क आले मगर, राज बहादुर गुरुङ, शान्ति गुरुङ सम्मानित भएको आदिवासी जनजाति पत्रकार महासंघ कास्कीका सचिव सुशील श्रेष्ठले बताए । श्रेष्ठका अनुसार एम.बि. आस्था मगर, हुम बहादुर गुरुङ, उदय बहादुर अमात्य, रुद्र श्रीस मगर, दीपेन्द्र श्रेष्ठ पनि सम्मानित भैसकेका छन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।