गोरखा

गोरखामा राहत रकम प्रदान

खोलाले बगाएर ज्यान गुमाएकी गोरखाको सहिद लखन गाउँपालिका–६ घैरुङस्थित अधेरीकी ७० वर्षीया बालकुमारी श्रेष्ठको परिवारलाई आज राहत रकम प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्ला विपद् व्यवस्थापन कोषबाट पीडित परिवारलाई रु दुई लाख ५० हजार राहत रकम घरमा पुगेर उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी भोला दाहालले मृतकको परिवारलाई राहत रकम उपलब्ध गराउनुभएको हो । सङ्घीय सरकारबाट प्राप्त रु दुई लाख र प्रदेश सरकारबाट रु ५० हजार राहत रकम मृतककी छोरीलाई हस्तान्तरण गरिएको… पुरा पढौ

गोरखामा अपाङ्गता भएकालाई घरमै परिचपत्र

गोरखाको सहिद लखन गाउँपालिकाले पालिकाभित्रका अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण तथा नवीकरण गरेको छ । गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिका सहजताका लागि चिकित्सकसहित कर्मचारी र जनप्रतिनिधि परिचालन गरी अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिए । “अपाङ्गता भएका कोही पनि व्यक्ति परिचत्रपत्र बनाउन नसकेर राज्यले प्रदान गर्दै आएको सेवासुविधाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य गाउँपालिकाको हो, पालिकाले चिकित्सक र आवश्यक जनशक्ति परिचालन गरेर अपाङ्गता भएका व्यक्तिका घरघरमा पुगेर सबै प्रक्रिया पूरा गरी परिचयपत्र वितरण गरेको… पुरा पढौ

गोरखामा क्यान्सरको जोखिम पहिचान गर्न स्वास्थ्य शिविर

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान र न्यूनीकरणका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम पहिचान गर्न भिआइए (एसिड राखेर भाइरसको कोषिका हेर्ने विधि) परीक्षण तथा निःशुल्क स्वास्थ्योपचार शिविर आउोजना गरिएको हो । गाउँपालिकाको आयोजना तथा क्यान्सर रिलिफ सोसाइटी काभ्रे र अष्ट्रेलियन क्यान्सर फाउन्डेसनको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा पालिकाभित्रका पाँच सय ७० महिलाले उपचार सेवा लिएका गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए। “भिआइए परीक्षणले केही वर्षपछि क्यान्सर हुँदैछ… पुरा पढौ

गोरखाका सिम्जुङ–महाभिर–घ्याच्चोक सडक धमधाम कालोपत्र गरिँदै

गोरखा जिल्लाको अजिरकोट गाउँपालिकास्थित घ्याच्चोकगाउँ कालोपत्र सडकसँग जोडिने भएको छ । पूर्वाधार विकास कार्यालय गोरखामार्फत रु ३१ करोड ९८ लाख ९३ हजार लागतमा सिम्जुङबाट महभिर हुँदै घ्याच्चोकसम्मको सडक तीव्रगतिमा कालोपत्र भइरहेको छ । सडक कालोपत्रका लागि अहिलेसम्म सडक चौडा गर्ने, टेवा पर्खाल लगाउने, ग्याविन जाली भर्नेलगायत काम धमाधम भइरहेको छ । सिम्जुङ–महाभिर हुँदै घ्याच्चोकसम्मको आठ किलोमिटर बाटो कालोपत्र भएपछि घ्याच्चोकगाउँ पुग्न सहज हुनेछ । गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । तोकिएको समयमा काम भए घ्याच्चोक कालोपत्र सडकसँग जोडिने पहिलो… पुरा पढौ

गोरखाका महिलालाई नौमती बाजा बजाउने तालिम

गोरखाको पालुङटार नगरपालिकाले महिलालाई नौमती पञ्जेबाजा बजाउने तालिम दिन सुरु गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत महिलाको सीप विकास र क्षमता अभिवृद्धिका लागि सोमबारदेखि नौमती पञ्चेबाजा बजाउने तालिम सञ्चालन गरेको नगरप्रमुख विवस चिन्तनले जानकारी दिए । “नौमती पञ्चेबाजाको संरक्षण र संवद्र्धनसँगै लोप हुँदै गएको हाम्रो परम्परागत संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो”, उनले भने, “यसबाट एकातर्फ महिलामा सीप विकास हुँदै जानेछभने अर्कोतर्फ हाम्रो संस्कृतिको पनि जगेर्ना हुनेछ भन्ने विश्वास रहेको छ ।” पछिल्लो… पुरा पढौ

किसानलाई फलफूलको बेर्नामा अनुदान

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्व्यन एकाइ गोरखाले किसानलाई सुन्तला जातका फलफूलको बेर्नामा अनुदान उपलब्ध गराएको छ । परियोजनाअन्तर्गत किसानलाई रु १७ लाख ८० हजार रकम उपलब्ध गराइएको हो । फलफूलको उत्पादन वृद्धिमा सहयोग पु¥याउने उद्देश्यसहित परियोजनाले फलफूलका बेर्नामा अनुदान उपलब्ध गराएको परियोजना कार्यालय गोरखाकी प्रमुख वरिष्ठ कृषि अधिकृत पूर्ण ढुङ्गानाले जानकारी दिए । “किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्दै उत्पादन बढाउने परियोजनाको उद्देश्य छ”, उनले भने, “सोहीअनुरुप व्यावसायिक रुपमा सुन्तला जातका फलफूलको खेती गर्ने किसानलाई बेर्नामा अनुदान उपलब्ध गराएको हो… पुरा पढौ

पर्यटकलाई लोभ्याउन घरबास सञ्चालकलाई तालिम

लाप्राकमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकस्थित एकीकृत नमूनाबस्तीका घरबास सञ्चालकहरुलाई घरबास सञ्चालनसम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाबीचको साझेदारीमा घरबास सञ्चालकहरुलाई उद्यमशीलता सीप विकास कार्यक्रमअन्तर्गत सीपमूलक तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । घरबासका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत सत्कारसँगै स्थानीय उत्पादनका परिकार बनाएर खुवाउन सिकाउने उद्देश्यले गुप्सी नमूनाबस्ती सामुदायिक घरबासका सञ्चालकलाई सातदिने तालिम प्रदान गरिएको उनले बताए । “स्थानीय उत्पादनका पनि… पुरा पढौ

गोरखास्थित धार्चेको माछिखोला बजार सिसी क्यामेराबाट निगरानी

उत्तरी गोरखाको धार्चे गाउँपालिकाको सदरमुकाम रहेको माछिखोला बजारलालाई सिसी क्यामेरामार्फत निगरानी गर्न थालिएको छ । गाँउपालिकाको केन्द्र रहेको माछिखोला बजारमा शुक्रबारदेखि सिसी क्यामेरा जडान गरी निगरानी गर्न थालिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । ‘‘माछिखोलामा बजार क्षेत्र विस्तारसँगै सुरक्षाको चुनौती बढेकाले बजारमा सिसी क्यामेरा जडान गरिएको छ,” उनले भने, ‘‘थोरै सृुरक्षाकर्मी रहेकाले बजारलाई सुरक्षित राख्न माछिखोला बजारसहित आसपासका सात ठाउँमा सिसीक्यामेरा जडान गरिएको छ ।” अहिले जडान गरिएका क्षेत्रबाहेक आवश्यकताअनुसार अझै बजार क्षेत्रमा क्यामेरा थप गर्दै लैजाने अध्यक्ष गुरुङले… पुरा पढौ

गोरखाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा हिमपात

गोरखा । उत्तरी गोरखाको सामागाउँलगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा सोमबारदेखि हिमपात भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । चुम भ्यालीको चुम्चेत र छेकम्पार तथा नुब्री भ्यालीको ल्हो, प्रोक र सामागाउँलगायतका क्षेत्रमा हिमपात परेको उनले बताए । “हिजोदेखि ल्हो भन्दामाथि हिउँ परिरहेको छ”, उनले भने, “ल्हो, प्रोक र सामागाउँ तथा साम्दोमा पनि हिउँ परिरहेकाले चिसो अत्यधिक बढेको छ ।” हिमपात सुरु भएसँगै दैनिक जनजीवन प्रभावित हुन थालेको साम्दोका होटल… पुरा पढौ

गोरखाको दरौँदीमा नौ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने

गोरखा नगरपालिका–१३ दरौँदी नदीमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । रु. दुई अर्ब १९ करोड ९५ लाखको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । मनकामना दरौँदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्द्धनमा दरौँदी नदीमा नौ दशमलव ८४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष डा डम्बरबहादुर नेपालीले जानकारी दिए । आयोजना निर्माण गर्दा कुल लगानीको ७० प्रतिशत ऋणबाट लगानी गर्ने र बाँकी स्वपुँजीअन्तर्गतको लगानी रहने उनले बताए । “सिमलगैरामा विद्युत्गहृ रहने गरी दरौँदी नदीमा जलविद्युत् आयोजना निर्माण… पुरा पढौ