टी-२० विश्वकप छनोट

टी-२० विश्वकप छनोट : आज नेपाल कुवेतसँग भिड्दै

टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपाली राष्ट्रिय क्रिकेट टिम कुवेतसँग भिड्दैछ। नेपालसहित ९ राष्ट्रले टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न लागेका हुन्। समूह ‘बी’मा रहेको नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो। यो छनोट प्रतिस्पर्धाको समूह ‘ए’ मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। सुपर सिक्सका शीर्ष तीन टोलीले सन् २०२६ मा हुने आइसिसी टी-२० विश्वकपमा स्थान बनाउने छन्। नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने छ।… पुरा पढौ