तस्बिरः क्यान
टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपाली राष्ट्रिय क्रिकेट टिम कुवेतसँग भिड्दैछ।
नेपालसहित ९ राष्ट्रले टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न लागेका हुन्। समूह ‘बी’मा रहेको नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो।
यो छनोट प्रतिस्पर्धाको समूह ‘ए’ मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्।
सुपर सिक्सका शीर्ष तीन टोलीले सन् २०२६ मा हुने आइसिसी टी-२० विश्वकपमा स्थान बनाउने छन्। नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने छ।
नेपाल र कुवेतको भिडन्त बुधबार राति ८ः४५ बजे सुरु हुनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







