दमौली बजार

दमौली बजारमा सडक विस्तारले गति लिँदै

निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा सडक विस्तारले गति लिएको छ । अन्य ठाउँमा कामले गति लिइसक्दा पनि दमौली बजारमा काम हुन सकिरहेको थिएन । दमौली बजारमा डिजाइन सेन्टरबाट २३र२३ मिटरलाई आधार मानेर सडक विस्तार सुरु भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार दमौली बजार खण्डमा नाला निर्माण भइरहेको छ । पाण्डेले भने, “केही समय पहिला बिजुलीको नयाँ पोलहरु गाडीएको छ । बिजुलीको पोललाई आधार मानेर त्यसभित्र सडक विस्तार… पुरा पढौ

दमौली बजारमा सञ्चालित अधिकांश औषधि पसलमा अनधिकृत व्यक्ति

तनहुँको सदरमुकाम दमौली बजारमा सञ्चालित अधिकांश औषधि पसलमा अनुमतिपत्र (लाइसेन्स) प्राप्त व्यक्ति नबसेको भेटिएको छ । व्यास नगरपालिकाको सक्रियतामा सोमबार गरिएको अनुगमनका क्रममा अधिकांश त्यस्ता पसलमा असम्बन्धित व्यक्ति भेटिएको हो । प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीको नेतृत्वमा भएको अनुगमनमा क्रममा औषधि पसलमा अनुमतिपत्र प्राप्त व्यक्ति बसेको हुनुपर्ने प्रावधान भए पनि त्यस्तो नभेटिएको हो । प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार २१ औषधि पसलमा अनुगमन गरिएको थियो । उनले भने, “औषधि पसलमा फार्मेसी पढेका र अनुमतिपत्र प्राप्त व्यक्तिमात्र बसेर औषधि बिक्री गर्न… पुरा पढौ