tamu sanskritik Pratisthan

तमु साँस्कृतिक प्रतिष्ठानको रजत जयन्ती समापन कार्यक्रम सम्पन्न

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा संस्थाको "रजत जयन्ती समापन समारोह, स्मारिका विमोचन एवम् छात्रवृत्ति वितरण कार्यक्रम" पोखरामा भव्यताका साथ सम्पन्न भएको छ । २५ औं बर्ष पूरा भएको अवसरमा संस्थाको स्थापना कालदेखिका तथ्यांकहरु, विभिन्न प्रबुद्ध व्यक्तिहरुको लेखरचना र विभिन्न व्यवसायीहरु एवम् शुभचिन्तकज्युहरुको विज्ञापन तथा शुभकामनाहरु समेटिएको स्मारिका विमोचन भएको यस कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननीय सरस्वती तमुको प्रमुख अतिथ्यता रहेको थियो । प्रमुख अतिथि तमुले संस्थाले शैक्षिक क्षेत्रमा गरेको यो महत्वपूर्ण योगदानले तमु समुदायलाई मात्रै नभइ राष्ट्रलाई नै टेवा… पुरा पढौ

विशेषताले हात पारिन निबन्ध लेखनमा प्रथम पुरस्कार

तमु साँस्कृतिक प्रतिष्ठान नेपालले रजत जयन्तीको अवसरमा आयोजना गरेको "अन्तरविद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता" कार्यक्रम कात्तिक २९ गते, शनिबार पोखरा-३, नदीपुर स्थित माउन्ट अन्नपूर्ण मा.वि. मा सम्पन्न गरेको छ । लिटिल स्टेप मा.वि. का संस्थापक प्राचार्य श्री पम्फा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा मदरल्याण्ड मा. वि. का विशेषता तिवारीले प्रथम पुरस्कार हात पार्न सफल भएको छ । विन्ध्यावासिनी मा.वि. का पूर्णिमा भट्टराई द्वितीय, सृजना मा.वि. का दुर्गा सिग्देल तृतीय र प्रतिभा मा.वि. का विशाल खत्री सान्त्वना पुरस्कार हासिल गर्न… पुरा पढौ