नेपाली कांग्रेस

नेता कार्कीको निधनमा कांग्रेसले दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य डा. राजाराम कार्कीको निधनमा दुःख व्यक्त गर्दै यही भदौ ७ र ८ गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । उनको उपचारका क्रममा बुधबार निधन भएको थियो । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्वकेन्द्रीय सदस्य, बागमती प्रदेशसभा पूर्वसदस्य तथा नेपाल तरुण दलका पूर्वमहासचिवसमेत रहेका कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ । बैठकले स्व नेता कार्कीप्रति सम्मान प्रकट… पुरा पढौ

कांग्रेस केन्द्रीय समिति बैठक यही असार २७ गते आह्वान

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही असार २७ गते आह्वान गरेको छ । पार्टीका पदाधिकारीको आजको छलफलपछि असार २७ गते दिउँसो १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी सङ्गठनका विविध विषयमा छलफल हुने उनले बताए । कांग्रेस केन्द्रीय समिति बैठक झन्डै एक वर्षपछि बस्न लागेको हो । यस बीचमा कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक तथा केन्द्रीय कार्यसम्पादन बैठकबाट… पुरा पढौ