फाइल तस्बीर
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही असार २७ गते आह्वान गरेको छ ।
पार्टीका पदाधिकारीको आजको छलफलपछि असार २७ गते दिउँसो १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी सङ्गठनका विविध विषयमा छलफल हुने उनले बताए । कांग्रेस केन्द्रीय समिति बैठक झन्डै एक वर्षपछि बस्न लागेको हो ।
यस बीचमा कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक तथा केन्द्रीय कार्यसम्पादन बैठकबाट पार्टीका महत्वपूर्ण विषयमा छलफल तथा निर्णय गर्दै आएको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ५ पोखरा रंगशालामा फ्लडलाईट हाल्ने तयारी शुरु भएको छ…





