पोखरा । पोखरा थिएटरले विश्व रङ्गमञ्च दिवस मनाएको छ । बुधबार पोखरामा विशेष कार्यक्रमको आयोजना गरेर ६३ औँ विश्व रङ्गमञ्च दिवस मनाइएको हो । अन्तराष्ट्रिय रङ्गमञ्च संस्थान (ITI) द्धारा जारी नर्वेजियन रङ्गकर्मी जोन फोसेले लेखेकको सन्देश त्रिभुवन विश्वविद्यालयका प्रा.डा. शिव रिजालले नेपालीमा अनुवाद गरेको सन्देश नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरु भक्त श्रेष्ठले वाचन गरेर सुनाएका थिए । कार्यक्रममा शुभकामना आदानप्रदान, सन्देश वाचन तथा कवि राजु स्याङ्तानका ३ वटा कविता मञ्चन भएका थिए ।…
पुरा पढौ