पोखरा थिएटरले मनायो विश्व रङ्गमञ्च दिवस


     एभरेस्ट आवाज    
     चैत्र १४ गते २०८० मा प्रकाशित




पोखरा । पोखरा थिएटरले विश्व रङ्गमञ्च दिवस मनाएको छ । बुधबार पोखरामा विशेष कार्यक्रमको आयोजना गरेर ६३ औँ विश्व रङ्गमञ्च दिवस मनाइएको हो ।

अन्तराष्ट्रिय रङ्गमञ्च संस्थान (ITI) द्धारा जारी नर्वेजियन रङ्गकर्मी जोन फोसेले लेखेकको सन्देश त्रिभुवन विश्वविद्यालयका प्रा.डा. शिव रिजालले नेपालीमा अनुवाद गरेको सन्देश नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरु भक्त श्रेष्ठले वाचन गरेर सुनाएका थिए ।

कार्यक्रममा शुभकामना आदानप्रदान, सन्देश वाचन तथा कवि राजु स्याङ्तानका ३ वटा कविता मञ्चन भएका थिए । वाचन भएका कवितामा रङ्गकर्मीहरुले प्रस्तुती समेत दिएका थिए ।

कार्यक्रममा पद्यमा थिएटर बाट सुमन कार्की, रेनेसा थिएटर बाट एम.डि काफ्ले ,इन्द्रेणाी थिएटर बाट केदारनाथ पौडेल, तथा पोखरा थिएटर बाट दिल प्रसाद गुरुङले शुभकामना दिएका थिए । यसैगरि कार्यक्रममा सञ्चारकर्मी रघुनाथ वाग्ले, फुलबारी मन्टेश्वरीका सञ्चालक अरुणा शेरचन , जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवण कुमार विक, संस्कृतिविद् तुलसी पराजुली लगायतले कार्यक्रममा बोलेका थिए ।

उक्त कार्यक्रममा रङ्गकर्मी, कलाप्रमी, पत्रकार, साहित्यकार लगायतका विभिन्न संघसंस्थाका व्यक्तित्वहरुको उपस्थिति रहेका थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।