पोखरा महानगरपालिका

पोखरा महानगरले जै घाँस लगाउने किसानलाई प्रोत्साहन गर्ने

पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र जै घाँस लगाउने किसानलाई सहयोग गर्ने भएको छ । यसका लागि महानगरपालिकाले रु १२ लाख ३९ हजार सहयोग गर्ने भएको छ । महानगरपालिकाले किसानलाई पशुपालनतर्फ आकर्षित गरी घाँसखेती प्रवद्र्धन गर्ने उद्देश्यका साथ चार वर्षयता जै घाँस लगाउने किसानलाई सहयोग गर्दै आएको महानगरपालिकाका पशु सेवा शाखा प्रमुख डा.अशेषराज विकले जानकारी दिए । उनका अनुसार यस वर्ष कुल एक हजार ९४२.४ रोपनी क्षेत्रफलमा प्रतिरोपनी रु ६३८ दरले जै घाँसखेती लगाउने १७८ किसानलाई रकम गरिने भएको छ । यसअन्तर्गत… पुरा पढौ

गहुँखेती प्रवर्द्धन गर्न किसानलाई अनुदान दिँदै पोखरा महानगर

पोखरा महानगरपालिकाले गहुँखेतीप्रति किसानको आकर्षण बढाउन अनुदान तथा सहयोगका कार्यक्रम कार्यान्वयन गर्ने भएको हो । महानगरपालिकाले हिउँदे बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत गहुँखेतीका लागि बीउ, जमिन जोत्ने, थ्रेसिङ गर्नेलगायत कामका लागि अनुुदान दिने निर्णय गरेको छ । महानगरको कृषि महाशाखाका प्रमुख मनोहर कडरियाका अनुसार पोखरा महानगपालिका क्षेत्रभित्र हुने गहुँखेतीका लागि न्यूनतम एक सय रोपनी क्षेत्रफलको ‘क्लष्टर’लाई आधार मानेर बीउ, जमिन जोत्न र थ्रेसिङ गर्न ५० प्रतिशत अनुदान दिइने छ । महानगरपालिकाका वडा नम्बर १३, १९, २३, २६, २७, २८ र ३२ का… पुरा पढौ

पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत

दसैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । अखाद्य वस्तुको किनमेल र मनपरी मूल्य लिने प्रवृत्ति रोक्न बजार अनुगमन थालिएका महानगरका उपप्रमुख एवं उपभोक्ता संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङले बताए । उनका अनुसार शुक्रबार पोखरा–२ को भवानी पूजा सामग्री, महालक्ष्मी पूजा सामग्री भण्डार, सेलवेज क्यास एण्ड क्यारी प्रालि, एसएए स्टोर्स, गौचन स्टोर्स, ओझा किराना पसल, पोखरा–३ मा रहेको साथी सपिङ सेन्टर र पोखरा–८ मा रहेको सहारा ट्रेडिङमा अनुुगमन गरिएको हो । अनुुगमनका क्रममा म्याद… पुरा पढौ

पोखरा महानगरपालिकाद्धारा सुन्तला बगैँचा व्यवस्थापनबापत किसानलाई अनुदान

पोखरा महानगरपालिकाले किसानलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रमअन्तर्गत रु २५ लाख अनुुदान उपलब्ध गराएको छ । सुन्तला खेतीमा किसान आकर्षित गर्ने उद्देश्यले महानगरपालिकाले विगत पाँच वर्षयता अनुदान उपलब्ध गराउँदै आएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिकाको कृस्ती, निर्मलपोखरी, खाल्टे, मासपासटन, फेदीपाटनलगायत स्थानका दुई सय ८० किसानलाई अनुदान उपलब्ध गराइएको हो । महानगरपालिकाले सुन्तला बगैँचा व्यवस्थापनका लागि विभिन्न मापदण्ड बनाइ प्रतिबोट अधिकतम् एक सय ५० का दरले १९ हजार छ सय ५२ बोटका लागि अनुदान… पुरा पढौ

पोखरा महानगरमा परम्परागत धानको जात संरक्षण

पोखरा महानगरपालिका क्षेत्रमा ६० प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ । पोखरामा करिब ११ हजार दुई सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकामा ६० प्रतिशतभन्दा बढी रोपाइँ सकिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । पोखराका विशेषगरी पामे, कुँडहर, सिसुवा, पटनेरी, मालमुल, गगनगौडा, अर्मला, सुरौदीलगायत फाँटक्षेत्रमा धानखेती हुने गरेको छ भने माझठाना, खुर्वादी, आँगेटारीलगायतका टारी खेतमा धानखेती गरिँदै आइएको छ । पोखरा आसपासका क्षेत्रमा झण्डै ४० प्रतिशत जेठोबुढो रोप्ने गरिएको र बाँकी विभिन्न उन्नतजातका धान रोप्ने गरिएको कडरियाले… पुरा पढौ

पोखरामा किसानका लागि आइपिएम पाठशाला

कास्कीको पोखरा महानगरपालिकामा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) किसान पाठशाला सञ्चालन गरिएको छ । पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनोहर कडरियाले वडा नं ११ स्थित काहुँ सिस्नेरीमा किसानलाई प्राङ्गारिक विधिबाट खेतीगर्न ज्ञानसीप उपलब्ध गराउने उद्देश्यले पाठशाला सञ्चालन गरिएको जानकारी दिए । व्यावसायिक कृषिप्रति आकर्षण बढ्दै गएकाले स्थानीय किसानलाई रासायनिक मल र विषादीको प्रयोगबिना खेती गर्न र प्राङ्गारिक विधिबाट खेती गर्न अभिप्ररित गर्न पाठशालामा ज्ञानसीप सिकाइने छ । हाल ३५ जना किसानको सहभागितामा काँक्रो बाली लक्षित १६ हप्ते पाठशाला सञ्चालन गरिएको… पुरा पढौ

पोखरा महानगरपालिकाद्वारा कृषि उपजको समर्थन मूल्य प्रदान

पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी व्यहोरेका १६ कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । महानगरपालिकाले विभिन्न ३५ प्रकारका कृषि उपजको समर्थन मूल्य तोकेको छ । पोखरामा बुधबार आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले किसानलाई रकम प्रदान गरेका हुन । महानगरले ६० हजार चार सय ४१ केजी च्याउ, २५ हजार चार सय १७ केजी गोलभेँडा, नौ हजार पाँच सय २० केजी सिमी र दुई सय ९१ केजी कोदो गरी ९५ हजार छ सय ६९ केजी कृषि उपजको रु २६… पुरा पढौ

पोखरा महानगरभित्रकै पीडा: वर्षामा एक घण्टा बढी पैदल, हिउँदमा बाँसको फड्के

पोखरा महानगरपालिका वडा नं २४ बास्कोट र वडा नं २३ चापाकोटलाई भएर बग्ने हर्पन खोला यस क्षेत्रका स्थानीयका लागि ठूलै समस्या बनेको छ । वर्षामा खोलाले गर्ने गरेको कटानका कारण स्थानीय समस्यामा छन् नै त्यस समयमा खेतीपाती गर्नका लागि आवतजावत गर्ने पुल नजिकै नहुँदा एक घण्टाभन्दा बढी हिँड्नुपर्ने विवशता यहाँका स्थानीयले वर्षौंदेखि भोग्दै आएका छ । अधिकांश बास्कोटवासी खेतीपातीका लागि चापाकोटमा आउने र चापाकोटवासी बास्कोटतिर जाने भएकाले पुलको अभावमा वर्षौंदेखि समस्या झेल्दै आएको स्थानीय मानबहादुर जिसीले बताए। “हर्पन खोलामाथि नजिकै… पुरा पढौ

पोखरामा बढाइएको राजश्व घटाउन काँग्रेसको माग

पोखरा । नेपाली काँग्रेसले पोखरा महानगरपालिकाभित्र बढाइएको राजश्व घटाउन माग गरेको छ । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल र पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छेले बुधबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी त्यस्तो माग गरेका हुन । पोखरा महानगरपालिका पोखरेली जनताको अविभावकिय संस्था भएकोले यसले पोखरेली जनताको हितमा काम गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराइएकोे छ । आ.व.२०८०-०८१ का लागि बढाईएको राजस्व वृद्धि जनताको हित अनुकुल नभएकाले राजस्व वृद्धिमा पुर्नविचार गर्न आवश्यक देखिएको छ, विज्ञप्तिमा भनिएको छ । नेपाली काँग्रेस, कास्की र नेपाली… पुरा पढौ

अन्तरपालिका साझेदारी कार्यक्रम गर्दै पोखरा महानगरपालिका

पोखरा महानगरपालिकाले महानगरसँग सिमाना जोडिएका छिमेकी पालिकालाई साझेदारीमा कार्यक्रम सञ्चालन गर्न रु एक करोड ५० लाख प्रदान गर्ने भएको छ । महानगरले छ वटा छिमेकी पालिकासँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्नेगरी रु २५ लाखका दरले सो रकम प्रदान गर्न लागेको हो । महानगर प्रमुख धनराज आचार्यले दुवै पालिकाको समन्वयमा द्विपक्षीय हितका लागि यो रकम खर्च हुने जानकारी दिए । यसका लागि महानगरको आयोजनामा पालिकाका प्रमुख र उपप्रमुखसँग समन्वयात्मक बैठक समेत आयोजना गरिएको थियो । “अन्तरपालिका साझेदारी कार्यक्रम कार्यान्वयनका सम्बन्धमा समन्वयात्मक छलफल… पुरा पढौ