पोखरा महानगरले जै घाँस लगाउने किसानलाई प्रोत्साहन गर्ने


     एभरेस्ट आवाज    
     वैशाख ९ गते २०८२ मा प्रकाशित




पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र जै घाँस लगाउने किसानलाई सहयोग गर्ने भएको छ । यसका लागि महानगरपालिकाले रु १२ लाख ३९ हजार सहयोग गर्ने भएको छ ।

महानगरपालिकाले किसानलाई पशुपालनतर्फ आकर्षित गरी घाँसखेती प्रवद्र्धन गर्ने उद्देश्यका साथ चार वर्षयता जै घाँस लगाउने किसानलाई सहयोग गर्दै आएको महानगरपालिकाका पशु सेवा शाखा प्रमुख डा.अशेषराज विकले जानकारी दिए । उनका अनुसार यस वर्ष कुल एक हजार ९४२.४ रोपनी क्षेत्रफलमा प्रतिरोपनी रु ६३८ दरले जै घाँसखेती लगाउने १७८ किसानलाई रकम गरिने भएको छ ।

यसअन्तर्गत बीउका लागि रु पाँच लाख ५९ हजार र खनजोतका लागि रु छ लाख ७९ हजार विनियोजन गरिएको प्रमुख डा. विकले बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।