
बजार खुल्यो । सार्वजनिक यातायात खुल्यो । लामो तथा छोटो दुरीको यातायात बिहीबारदेखि खुल्यो । हवाई सेवा समेत खुलाउने निर्णय भईसक्यो । आन्तरिक तथा बाह्य हवाई सेवा दुईचारदिनबाटै सेवा शुरु हुने छ । तर सरकारले खेलुकद क्षेत्र खुलाउने तर्फ ध्यान छैन् ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद नारा छ । तर खेलुकद क्षेत्र उपेक्षामा छ । पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.युवराज खतिवडालेनिर्माणाधिन पोखरा रंगशाला फुटबल मैदानको अवलोकन गर्दै खेलकुद क्षेत्र प्राथमिकता भित्र नपर्ने उदघोष गरेका थिए । उनले त्यतिबेला खेलकुद मानवीय जीवनको नैसर्गिक अधिकार भित्र नपर्ने स्पष्ट पारेका थिए ।
कोरोना कहर झन झन बढ्दै गएको छ । भौतिक दुरी कायम गर्दै आफैं सचेत बन्नुपर्ने अवस्था छ । स्वास्थ्यप्रतिको सम्वदेनशिलता हुनुपर्ने प्रदेश सरकारको भनाई छ । ‘कोरोनाको कहरमा दुईखाले समस्या छन् । पहिलो कोरोनाबाट आम नागरिकलाई जोगाउने र अर्को भोकमरीबाट जोगाउने ।’ गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले भनिन–‘बजार खुल्यो । यातायात खुल्यो । अब विस्तारै खेलकुद क्षेत्र पनि खुल्छ ।’ खेलकुद क्षेत्र अहिले नै यकिनका साथ यतिबेलादेखि खुल्छ भन्न सकिने अवस्था छैन् ।
बजार क्षेत्र र सार्वजनिक यातायात खुलेपछि पोखरा रंगशाला फुटबल मैदान निर्माणको कामले पनि निरन्तरता पाउने अपेक्षा एकातिर गरिएको छ । अर्कोतिर लामो समयसम्म प्रशिक्षण गर्न नपाएका खेलाडीले भौतिक दुरी कायम गरेर भएपनि प्रशिक्षण गराउन पाउने बातावरण मिलाउनुपर्ने आवाज पनि उठाउँदै आएका छन् । पोखरा रंगशाला फुटबल मैदान निर्माणाधिन अवस्थासँगै रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हल ‘होल्डिङ सेन्टर’ समेत रहेकोले पनि अर्कोतिर त्रास बढेको छ ।
‘राज्यलेखेलकुद क्षेत्रलाई उपेक्षा गरेको छ । त्यसैले पनि खेलकुद क्षेत्र खुलाउने तर्फ चासो र गम्भीरता देखाएको छैन् ।’ राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले भने–‘खेलकुदलाई राज्यले महत्वपूर्ण विषयको रुपमा लिएको छैन् । त्यसले गर्दा पनि खेलकुद क्षेत्र तत्कालै खुल्ने अवस्था देखिदैन् ।’ स्वास्थ्यका लागि खेलकुद भन्ने नारा अनुसार राज्यले खेलकुलाई महत्वको विषयबस्तुभित्र राखिनुपर्नेमा उनको जोड थियो । ‘राज्यको महत्वको विषयबस्तुभि खेलकुद परेन् ।’ उनको भनाई थियो ।
खरा रंगशालासँगै फुटसल, जिमहल लगायत सबै बन्द छन् । खेलकुद क्षेत्र पूर्ण रुपमा ठप्प हुदाँ खेलाडी घरमै बसेर शारीरिक व्यायाम गर्नुपर्ने बाध्यता छ । प्रशिक्षण गर्न नपाउँदा समस्या छ । खेलकुद क्ष्ोत्रमा सुरक्षा अपनाएर खुलाउनुपर्नेमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीले जोड दिएको छ । ‘पोखरा रंगशालाभित्रको होल्डिङ सेन्टर हटाएर निर्मलीकरण गरेपछि मात्रै व्यवस्थित रुपमा रंगशाला प्रशिक्षको लागि खुला गर्नुपर्छ ।’ संघका उपाध्यक्ष राजन पौडेलले भने–‘होल्डिङ सेन्टरकै कारण खेलाडीमा त्रास बढेको छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।