पोखरा लेकसाइडस्थित गौरी घाटमा सोमबार मौलिक देउसी–भैलो उत्सव हुने भएको छ ।
पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिकाको पर्यटन प्रवद्र्धन शाखा र पब्लिक फोर के टेलिभिजनको संयुक्त आयोजनामा यही कात्तिक २३ गते सोमबार कार्यक्रम हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । कार्यक्रम पोखरा–६ लेकसाइडको गौरीघाटमा विहान ११ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ उत्सवमा विभिन्न जातजातीका १० समूहले परम्परागत भेषभूषा र मौलिक शैलीमा देउसी–भैलो प्रस्तुत गर्नेछन् । सहभागी समूहको मौलिकता, परम्परागत भाका, शब्द, लय, ताल, भेषभूषा र सांस्कृतिक प्रस्तुतिका आधारमा प्रतियोगिता सञ्चालन गरिने पब्लिक फोरके टेलिभिजनका प्रवन्ध निर्देशक मन क्षेत्रीले बताए ।
पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले देउसी–भैलो नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको पर्व भएको बताए । पछिल्लो समय यसको मौलिक स्वरूप परिवर्तन हुँदै गएको उल्लेख गर्दै उनले पुराना भाका, शब्द र परम्परालाई नयाँ पुस्तासम्म पु¥याउन आवश्यक रहेको धारणा व्यक्त गरे । उत्सवले मौलिक देउसी–भैलोको संरक्षण र पुस्तान्तरणमा सहयोग पुग्ने र विदेशी पर्यटकलाई नेपाली तिहारको बारेमा जानकारी गराउन सकिने उनको भनाइ छ । पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले संस्कृति संरक्षणलाई पर्यटन प्रवद्र्धनसँग जोड्नुपर्ने बताए । पोखरा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली चाडपर्व, संस्कार र परम्पराबारे प्रत्यक्ष जानकारी गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ छ ।
उनले कार्यक्रममा सयपत्री फूल र सेलरोटीको पनि स्टल रहने जानकारी दिए । कडरियाले देउसी–भैलो मनोरञ्जनको माध्यम मात्रै नभई नेपाली मौलिक पहिचान र सामाजिक एकताको प्रतीकसमेत भएको बताए । आधुनिकताको प्रभावसँगै हराउँँदै गएका परम्परागत शैलीलाई पुनर्जीवित गर्दै नयाँ पुस्तालाई आफ्नै संस्कृतिप्रति आकर्षित गर्दै पोखरा आएका पर्यटकलाई नेपाली संस्कृतिकबारे जानकारी गराउने उद्देश्यले उत्सव आयोजना गरिएको आयोजकको दावी छ । उत्सवले पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने पोखरा पर्यटन परिषद्का महासचिव मिलन तिवारीको विश्वास छ ।
प्रतियोगितामा सहभागी प्रत्येक समूहलाई ५ हजार ५ सय ५५ रुपैयाँसहित र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट समूहलाई २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्रसहित ‘देउसी–भैलो च्याम्पियन’ घोषणा गरिने पब्लिक फोरके टेलिभिजनका पत्रकार घनश्याम पाण्डेले बताए । उनले देउसी भैलो उत्सवलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठान प्रर्वद्धक रहेका छन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराकी बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मीलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार प्रदान गरिएको…







