साहसिक खेल जलयात्रा(¥याफ्टिङ) यतिबेला शुन्य छ । सेप्टेम्बरदेख नोभेम्बर तीन महिना मात्रै सिजन हुन्छ । सिजन शुरुवातसँगै शुन्यताले व्यवसायी उदेक बनेका छन् । पछिल्लो समय नेपाली ¥याफ्टिङप्रति आकर्षित हुदंैं थिए । भूकम्पपछि नेपालीले नै ¥याफ्टिङ धानिएको अवस्था थियो । कोरोनाको संक्रमणको नयाँ ‘हटस्पट’ नै नेपाल बन्ने सम्भावना देखिदैं गएको छ । यसले गर्दा पनि उर्लदो भेलमा उछाल लगाउने ¥याफ्टिङ शून्य झरेको छ ।
यो वर्ष(२०२०) मा भएको बुकिङ अर्को वर्षलाई सारिसकेका छन् । विदेशमा कोरोनाको संक्रमण दर घट्दै गएपनि नेपालमा भने बढ्दो दरमा छ । ‘आन्तरिक तथा बाह्य पर्यटक आउँदा डरमान्नुपर्ने अवस्था छ’ पोखरा लेकसाईडस्थित ¥यापिड रनर ¥याफ्टिङ एक्सपिडिसनका निर्देशक विरेन लामाले भने–‘डर मान्दा मान्दै यो सिजन सुनसानमै वित्ने भयो । अर्को वर्ष के हुन्छ थाहा छैन् ।’ उनका अनुसार १४ जनाको विदेशी ग्रुप थियो । त्यो ग्रुपले रद्द ग¥यो । समूह नै रद्द भएपछि क्याम्पिङका सामान सुकाउँदै बस्नुपरेको यथार्थ उनले सुनाए । ‘लामो समय थन्क्याउँदा क्याम्पिङको सामान सुकाएर बसिएको छ ।’ उनको भनाई थियो । भदौमा नदीमा भेल आउँछ । त्यही उर्लिदो भेलमा ¥याफ्टिङको मजा लिन विदेशी पर्यटक आउँछन् । विशेष गरी युरोपियन, अमेरिकन र क्यानेडियन बढी आउने गरेको उनको सम्झना छ । ‘सेप्टेम्बरमा चाईनिज र भारतीय पर्यटक आउँथे’ उनले भने–‘नेपाली पनि आकर्षित हुदैं आएका छन् । नेपाली विकेण्ड मनाउने क्रममा ¥याफ्टिङ गर्थे ।’ उनले नेपाली, भारतीय र चाईनिज पर्यटक भन्दा पनि विदेशीहरु ‘एडभेन्चर’ गर्न रुचाउने स्पष्ट पारे ।
गत सिजन राम्रै थियो । सिजनमा अनुमानित १० हजार जति पर्यटकले पोखरामा ¥याफ्टिङ गरेका थिए । छोटो दुरीदेखि एक रात दुई र दुईरात तीन दिनको ¥याफ्टिङ हुन्छ । कालीगण्डकी नदीमा दुईरात तीनको हुन्छ । उपल्लो सेतीमा सबैभन्दा छोटो दुरीको हुन्छ । मर्दीखोलाबाट शुरु हुने छोटो दुरीको ¥याफ्टिङ पोखरा–१ सिम्पानीस्थित ड्यामसम्म आईपुग्छन् । जुन बढीमा तीन घण्टाको हुन्छ । एक दिनको लागि भने दमौलीस्थित मादी नदीबाट चितवनस्थित गाईघाटमा पुगेर टुंगिने ¥यापिड रनर ¥याफ्टिङ एक्सपिडिसनका निर्देशक लामाले सुनाए । ‘अहिले फोकस आन्तरिक पर्यटकलाई नै गरेका छौं ।’ उनले बताए । उनले पनि ७ वटा बोट ¥याफ्टिङको लागि प्रयोग गर्दै आएका छन् ।
अक्टोबर र नोभेम्बरमा ¥याफ्टिङको लागि युरोपियन पर्यटकहरु आउने गरेका थिए । ‘मेरो मात्रै यो सिजनको २०÷२५ वटा ग्रुप क्यान्सिल भयो । तत्कालै गरीखाने दिनआउँछ जस्तो लाग्दैन् ।’ प्याडल नेपालका निर्देशक निमबहादुर मगरले भने–‘कोरोनाको महामारी कहिले अन्त्य हुन्छ भन्ने बस्ने बाहेक विकल्प छैन् ।’ विदेशमा कम भएपनि नेपालमा भने संक्रमित संख्या दिनानुदिन बढ्दै गएको छ । उनका अनुसार यो सिजन शुन्यमै वित्ने भो, अर्को सिजन पनि केही भर भने देखिन्न । उनले सिजनमा आफनो २६ वटा ¥याफ्टिङ बोटलाई उपयोग गर्दै आएका छन् । एउटा बोटमा सामान्यत ६ जना सानो र ठूलोमा १६ जनासम्म अटाउँछन् ।
नेपालका तमोर,अरुण, तामाकोशी, सुनकोशी, त्रिशुली, मस्र्याङ्दी, कालीगण्डकी, बुढीगण्डकी, कर्णाली, भेरी, पुर्वको बलेसी खोला, सेती र उपल्लो सेती नदीमा जलयात्रा सञ्चालनको स्वीकृति दिइएको छ । ती नदीहरुलाई पानीको बहावको आधारमा त्रिशुली, उपल्लोसेती, सेती, बलेसी खोला, बुढी गण्डकीलाई ३, कर्णाली, भेरी, तमोर, काली गण्डकी, सुनकोशीलाई ४ र अरुण, मस्र्याङदी, दुधकोशी, भोटेकोशी र तामाकोशीलाई ५ ग्रेडिङ गरिएको छ । सगरमाथा आरोहण गर्ने पहिलो विदेशी सर एडमण्ड हिलारीले सन १९६९ अप्रिलमा नेपालमा जलयात्राको प्रारम्भ गरेको इतिहास छ । उनले शुरुमा सवैभन्दा बढी जोखिम रहेको सुनकोशी नदीमा गरेका थिए । सन १९९१ मा पोखरामा जलयात्रा(¥याफ्टिङ)को प्रारम्भ भएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना) को अध्यक्षमा माधव तिवारी निर्वाचित…






