बसेकै ठाउँमा दशैं मनाउन आग्रह


     एभरेस्ट आवाज    
     कार्तिक १ गते २०७७ मा प्रकाशित




दशैंको टिका लगाउनका लागि तयार पारेर राखिएको टिका जमरा

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले जो जहाँ बसेको छ त्यहिं बसेर दशैँ मनाउन आह्वान गरेको छ । घटस्थापनाको अवसरमा शनिबार विज्ञप्ती जारी गर्दै केन्द्रले नोभल कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायम रहेकाले त्यसबाट बच्ने उपायसहित जो जहाँ छ त्यहिं बसेर दशैं मनाउन आग्रह गरेको हो । साथै केन्द्रले पारिवारिक रुपमा घरमै बसेर टिका लगाउँदासमेत भौतिक दूरी कायम गरेर लगाउन आग्रह गरेको छ ।

केन्द्रले रुघाखोकी लागेकाहरुले टाढैबाट आशिर्वाद लिन आग्रह गर्दै परिवारका सदस्य तथा आफन्तसँग भेटघाट नगर्नसमेत आग्रह गरेको छ । जोखिमबाट बच्न भौतिक दुरी कायम गर्न र घरमै सुरक्षित रुपमा बसेर दशैं मनाउन सम्पूर्ण नागरिकलाई केन्द्रले अनुरोध गरेको छ ।

ज्येष्ठ नागरिकमा रोग प्रतिरोधात्मक शक्ति कम हुने हुँदा बडादशैँमा टीका थापेर आशीर्वाद ग्रहण गर्दा विशेष ध्यान पु¥याउन जरुरी रहेको भन्दै केन्द्रले टीका आदानप्रदान गर्दा, खाना बनाउँदा आफू र ज्येष्ठ नागरिकलाई पनि पटक÷पटक हात धुन लगाउन अनुरोध गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।