कास्की प्रशासनले भन्यो : घरमै बसेर दशैं मनाउनु, मठ मन्दिर नधाउनु


     एभरेस्ट आवाज    
     कार्तिक १ गते २०७७ मा प्रकाशित




जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको सूचना ।

जिल्ला प्रशासन कार्यालय कास्कीले आफू जहाँ बसेको छ त्यहिं बसेर दशैं मनाउन कास्केली जनतालाई अपिल गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले एक सूचना जारी गरी विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को जोखिम कायम रहेको र बडादशैंको समयमा भीडभाड र चहलपहल बढ्दा संक्रमणको जोखिम थप बढ्ने भन्दै घरमै बसेर दशैं मनाउन अपिल गरेका हुन् ।

प्रशासनले जारी गरेको सूचनामा दशैंको अवसरमा शक्ति पीठहरु नखोल्न, नखोलाउन आग्रह गरिएको छ । कोरोना संक्रमणको जोखिम उच्च हुने भएकाले मठ, मन्दिरलगायतका शक्ति पीठहरु बन्द राख्न प्रशासनले आग्रह गरेको छ ।

प्रशासनले जारी सूचनाको बेवास्ता गरे वा गराए संक्रामक रोग ऐन २०२० तता अन्य प्रचलित कानून बमोजिम कार्वाही हुने चेतावनी दिइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।