न्यूरोडमा फेसनवयर र रेष्ट्रो सञ्चालन


     एभरेस्ट आवाज    
     कार्तिक ६ गते २०७७ मा प्रकाशित




कार्तिक ७ पोखरा । युवा उद्यमी ओम उपाध्यायले पोखराको न्यूरोडमा दुई नयाँ व्यवसाय सञ्चालनमा ल्याएका छन् । उपाध्यायले नगरपालिका अगाडिको सेन्टर प्लाजामा सेन्ट्रर रेष्ट्रो र फेसन वयर सञ्चालन गरेका हुन् ।

लामो समयदेखि पोखराका विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका उपाध्यायले व्यवसाय बिस्तारका क्रममा फेसन वयर र रेष्ट्रोलाई बढाएका हुन् ।

उपाध्यायले कोरोनाका कारण अन्य व्यवसाय धरासायी बनेको अवस्थामा लगाउने र खाने अत्यावश्यक वस्तु भएकाले आफू त्यसतर्फ आकर्षित भएको बताए । उनले ब्राण्डेट सामग्रीलाई न्यूनतम रेटमा ग्राहकलाई दिने गरेको र दशैं अवसरमा १० देखि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले जानकारी दिए ।

रेष्ट्रोका सञ्चालक प्रकाश अर्यालले विषम परिस्थितिमा पनि सेवाग्राहीलाई सर्वसुलभ मूल्यमा सेवा प्रदान गर्ने बताए । उनले न्यूरोड व्यवसायिक क्षेत्र भएकाले तिनै व्यवसायलाई लक्षित गरेर सुपथ र सहुलियत दररेटमा सेवा सञ्चालन गरेको बताए । पारिवारिक वातावरण र नेपालीजन जोगाउने लक्ष्य राखिएको बताउँछन् । रेष्ट्रोमा बेलुका लाइभ म्यूजिकसमेत रहेको उनले जानकारी दिए ।

उपाध्यायका यी व्यवसायका साथै पोखराको लेकसाइडमा केकलेक बेकरी, महेन्द्रपुलमा ओम्स कन्सल्टेन्सी र पोखरा विडीङ लगायतका व्यवसाय सञ्चालनमा छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।