तरकारी र फलफूल बलि दिएर मनाइयो दशैँ


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०७७ मा प्रकाशित




च्याङ्ग्रा, खसी नआएपछि स्थानीय बासिन्दाले तरकारी आलु, फर्सी, करेला, प्याज, काँक्रो, मुला, स्याउ आदि काटेर दुर्गा भवानीका लागि बलि दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण जिल्लाका विभिन्न नाका बन्द भएपछि खसीको अभाव देखिएको हो । विगतका वर्षमा जिल्लाको उत्तरी नाका हिल्साबाट च्याङ्ग्रा जिल्लामा भित्रिने गरिएको थियो भने यस वर्ष च्याङ्ग्रा ल्याउने कार्य ठप्प भएका छन् ।

उत्तरी नाकाबाट खसी आयात हुन नसकेपछि छिमेकी जिल्ला बझाङ, बाजुरा र दार्चुलाबाट भने केही मात्रामा लोकल खसी आयात गरिए पनि उक्त खसीको मूल्य भने निकै महङ्गो भएकाले स्थानीय बासिन्दाले किन्न सकेनन् । उनीहरुले आफ्नै खेतबारीमा रोपेका अन्न बालिनालीको बलि दिएर दशैँ मनाइएको सिमकोट गाउँपालिका–७ निवासी जोखे सुनारले बताउनुभयो ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।